जिल्ला समाचार

कांग्रेस गुल्मीको आव्हान गाउँ जाउँ गाउँमै रमाउँ ५० दिने अभियान जारी

अनिल खत्री
६ बैशाख गुल्मी । नेपाली कंग्रेस गुल्मीले सुरु गरेको ५० दिने महाअभियान जिल्लामा सञ्चालन भईरहेको छ । नयाँ वर्षको अबसर पारेर यहि बैशाख १ गतेबाट “नेपाली कांग्रेस गुल्मीको आव्हान गाउँ जाउँ गाउँमै रमाउँ ५० दिने महाअभियान”भन्ने नाराका साथ शुरु गरिएको अभियान अन्र्तगत बिहिबार रेसुङ्गा नगरपालिका वडा नं २ गुल्मीमा वृह्त भेला तथा छलफल कार्यक्रम भव्यताका साथ गरिएको छ ।
अभियानलाई सम्बोधन गदै कंग्रेस गुल्मीका जिल्ला सभापति तथा कार्यक्रमका प्रमुख अतिथि भुवन प्रसाद श्रेष्ठले विगतमा पार्टी जसरी अगाडी बढ्यो त्यो तरीकाले अब विस्तार हुन नसक्ने बताए । श्रेष्ठले ५० दिने महाअभियानका साथ गाउँमा रहँदा समान्य जीवनस्तर भएका दलित,गरिब जनताहरुको दैनिकीहरुसँग आफूहरु पनि साक्षत्कार हुन अवशर पाउने बताए ।
उनले अधिकार प्राप्तिको सन्र्दभमा कंग्रेस अब्बल साबित भएको बताए । अभियानका क्रममा गाउँमा रहँदा विभिन्न सामाजिक कार्यहरु पनि पार्टीले गर्ने पार्टी जिल्ला सभापति श्रेष्ठको भनाई रहेको छ ।
महाअभियानको सात हप्ते कार्यक्रम अन्र्तगत पहिलो हप्ते कार्यक्रम अन्र्तगत सो कार्यक्रम गरिएको जिल्लाबाट खटिएका कंग्रेसका जिल्लाप्रतिनिधि हरिकुमार श्रेष्ठले जानकारी दिए ।  पहिलो हप्ते कार्यक्रम अन्र्तगत गाउँ÷वडा कार्य समितिको बैठक गराउने,गाउँ कार्य समितिमा रिक्त रहेका पदलाई पुर्णता दिने बताइएको छ ।
भातृ संस्थाहरु ( तरुण दल,नेपाल महिला संघ,नेपाल दलित संघ,नेपाल किसान संघ,आदिवाशी जनजाति संघ,राष्ट्रिय मगर संघ,नेपाल सांस्कृति संघ,नेपाल भू.पू सैनिक संघ,राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, लगायतका सबै भातृ संस्थाहरुको सम्पन्न गदै कार्य समिति पुर्नगठन गर्ने कार्यक्रम रहेको समेत श्रेष्ठले बताए । महाअभियानको पहिलो हप्ताको अन्तिम दिन थप नयाँ क्रियाशिल सदस्यता प्रदान गर्ने कार्य कार्य तालिका समेत रहेको सभापति श्रेष्ठले जानकारी दिए ।
सो अवशरमा नेपाली कंग्रेस रेसुङ्गा नगरपालिका वडा नं २ का वडा सभापति हिरा बहादुर कुँवरको सभापतित्व रहेको कार्यक्रममा नेपाली कंग्रेस गुल्मीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला सचिव खिलध्वज पन्थी,जिल्लाबाट खटिएका प्रतिनिधि हरीकुमार श्रेष्ठ लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
महाअभियान अन्र्तगत वडा नं २ को वृह्त भेला तथा अन्र्तक्रिया कार्यक्रम यहि बैशाख ८ गते गर्ने समेत हरी कुमार श्रेष्ठले जानकारी दिए । महाअभियानका अन्र्तगत लैङ्गिक,जातिय,वर्गीय विभेद तथा सामाजिक कुसंस्कार विरुद्ध जनजागरण अभिवृद्धि गर्ने,ग्रामिण समस्याहरुलाई अनुभूत गदै तिनको समुचित समाधानमा आवाज वुलन्द गर्ने,जिल्ला देखि स्थानीय तहसम्म छाया सरकार गठन गरी शशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने अभियानले उद्देश्य लिएको छ ।
महाअभियानको ७ हप्ते कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ ।शुरुको तिन हप्ता गाउँमा जाने चौथो हप्ता समग्र कार्यक्रमको समीक्षा गर्ने र समीक्षा पश्चायत पछिल्लो तीन हप्ते कार्यक्रमको तालिका निर्माण गर्ने कार्यक्रम रहेको कंग्रेसले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D