जिल्ला समाचार

कांग्रेस अधिवेशन : गुल्मीका सबै निर्वाचन क्षेत्रमा चुनिए सभापति

बुटवल, मंसिर ०५ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीका सबै निर्वाचन क्षेत्रमा नेतृत्व चयन भएको छ । चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा कांग्रेसले तीन वटा क्षेत्रमा निर्वाचनमार्फत नेतृत्व चयन गरेको छ भने एउटा क्षेत्रमा सर्वसम्मतले नेतृत्व चयन गरिएको छ।

गुल्मी निवार्चन क्षेत्र नम्बर १ (क)बाट लोकप्रताप शाहलाई हराउँदै सन्तोष गौतम सभापतिमा निर्वाचित भएका छन् भने (ख)बाट भरत भलामीलाई हराउँदै हरिप्रसाद अर्याल सभापति चयन भएका छन् ।

त्यस्तै, क्षेत्र नम्बर २ को (क)मा झविन्द्र अर्याल सर्वसम्मतले सभापतिमा चयन हुँदा (ख)बाट रेखा कुमारी जिसी सभापतिमा निर्वाचित भएकी छन्। जिसी रविन्द्र घिमिरेलाई पराजित गर्दै सभापति चयन भएको कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले बताए। -पहिलोपोस्टबाट

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D