जिल्ला समाचार

कांग्रेसको पहिलाे चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न, दाेस्राे चरण भदौ र असाेजमा

सन्तोष महतारा
गुल्मी, जेठ २५ । नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान गुल्मीकाे पहिलाे चरणको अभियान सम्पन्न भएको छ । शनिवार वि.पि स्मृति भवन तम्घासमा नेपाल राष्ट्रिय मगर संघ गुल्मीले आयोजना गरेको कार्यक्रमबाट पहिलो चरणको एक महिने अभियान सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली काङ्ग्रेस गुल्मी जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले पहिलाे चरणको कार्यक्रम सफल वनाउन सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरेका थिए । सभापति श्रेष्ठले जागरण अभियानले सबै गुल्मेली जनतामा केहि आशा पलाएकाे बताए ।

श्रेष्ठले गुल्मीको जागरण एउटा कार्यक्रम मात्रै नभएर यसमा सबै भातृसंगठन मनै देखि लागेकाे बताउँदै भने “अभियानलाई हामी भित्रै मनदेखि लिएर पहिलाे चरण समापन गर्याैँ ।”
जागरण अभियानले काङ्ग्रेसकाे एकता भएकाे सन्देश दिएकाे बताए । काङ्ग्रेसले कुनै हिनतावाेध नगरी अगाडि बढ्ने भन्दै उहाँले वर्तमान दुई तिहाइकाे सरकारले न्युनतम अाधारभुत अावश्यकता सम्म पूरा गर्नकाे लागि कठिन वनाएकाेले सरकारसँग लड्ने प्रतिबद्दता जनाएका छन् ।

एक महिने जागरण अभियान सफल भएकाे भन्दै नेपाल राष्ट्रिय मगर संघ काे पार्टीको लागि महत्त्वपूर्ण भुमिका रहेकाे बताएका थिए । एक महिने अभियानमा जिल्लाका बाह्रै वटा स्थानिय तहमा पुगेर जिल्ला कार्यसमितिले अभियान चलाएको थियाे । अभियानका क्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य हरि प्रसाद नेपाल त्यस्तै केन्द्रबाट नै माधव नेपाल, तरुण दल अध्यक्ष जितजङ्ग वस्नेत लगायतले गुल्मी आएर जागरण अभियानकाे सम्वाेधन गरेका थिए ।

शनिबारकाे समापन कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका पुर्व पार्टी सभापति, मगर संघका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद भलामी, मगर संघका पदाधिकारी, नेपाली काङ्ग्रेस प्रति आस्था राख्ने तथा शुभेच्छुकहरुकाे उपस्थित रहकाे थियाे । अब दाेस्राे चरणको कार्यक्रममा भाद्र र असाेज महिनामा हुने पनि नेपाली कांग्रेस गुल्मीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D