अनिश शर्मा
गुल्मी, २१ बैशाख । नेपाली काँग्रेसले सुरु गरेको ५० दिने गाँउमै रमाऔ अभियान अन्तर्गत नेपाली काँग्रेस गुल्मी सभापति भुवन प्रसाद श्रेष्ठले मुसिकोट नगरपालिका ९ मा अभियानको क्रममा बिभिन्न भेटघाट तथा कार्यक्रमहरु गरेका छन् ।
उनले सो अवसरमा अर्लाङ्कोटको तामा फलाम खानीको अवलोकन समेत गरेका छन् ।
तीन दिन अलाएङ्कोट बिताउने श्रेष्ठले त्यस क्षेत्रका गरीब दलित समुदाय सँग प्रत्यक्ष साक्षात्कार गर्दै उनीहरुका समस्याहरु तथा पीडाहरु सुने । ती समस्याहरु समाधान गर्न स्थानीय सरकारलाइ झकझकाउने बाचा गरे ।साथमा ती समस्या समाधानमा आफु र आफ्नो पार्टी पनि मरीमेटेर लाग्ने प्रतिबद्धता गरेको त्यहाबाट साथी सुधन खरेलले जानकारी दिए ।
साथै सभापति श्रेष्ठले अर्लाङ्कोटको पाणथोकमा बिपी चौपारीको समेत शिलन्यास गरेका छन् ।
मुसिकोट नगरपालिका ९ का पार्टी सभापति टिकाराम सापकोटाको अध्यक्षता, तथा सभापति श्रेष्ठको प्रमुख आतिथ्यतामा बिशेष कार्यक्रम गरी सो चौपारीको शिलन्यास गर्दै बिभिन्न भेटघाट हरु गरीएका छन् ।
ऋभियानले चालेका परिवर्तनशील र सकारात्मक सोचलाइ फराकिलो बनाउन जनताको साथ रहने त्यस क्षेत्रका कार्यकर्ताले प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा नेता गीरीराज शर्मा, रेण्ुाका सापकोटा, यदु सापकोटा, कालीदास खरेल, लगायतको उपस्थिती रहेको थियो । सो चौपारीको एक बर्षमा निर्माण सम्पन्न गर्ने जानकारी समेत गराइएको थियो ।
काँग्रेसले बैशाख १ बाट सुरु गरेको अभियानले यति बेला जिल्लाको साथै देशभर नै चर्चा पाइरहेको छ । नेता कार्यकर्ताहरु गाँउगाँउमा परिचालीत भएका छन् ।