कोरोनाजिल्ला समाचार

काँग्रेस गुल्मीले भारतमा रहेका गुल्मीवासीको असुविधा प्रति चासो

मनु सुनार
जेठ ०४, गुल्मी। नेपाली काँग्रेस गुल्मीले भारतमा रहेका नागरिक प्रति चासो देखाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण उत्तरभारत क्षेत्र लगायतका स्थानमा रहेका नागरिकहरु प्रति गुल्मी काँग्रेसले चासो देखाएको हो ।

कोरोना भाइरसको कारण विभिन्न स्थानमा रहेका गुल्मीवासीको असुविधा भएको जानकारी प्राप्त भएको भन्दै त्यस प्रति नेपाली काँग्रेस गुल्मीको गम्भीर ध्यानाकृष्ट भएको उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले आइतबार(आज) एक विज्ञप्ती मार्फत
रोजगार तथा अध्ययनका शिलशिलामा उत्तरभारत लगायत अन्य क्षेत्रमा रहेका गुल्मीवासीहरु विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रकोपका कारण समस्यामा परेको भन्दै गम्भीर ध्यानाकृष्ट भएको उल्लेख गरेका छन् ।

सभापति श्रेष्ठले विदेशका विभिन्न स्थानमा दुःख पाईरहेका नेपालीहरुलाई बिनासर्त स्वदेश ल्याउने प्रबन्ध मिलाउन नेपाल सरकारसँग माग समेत गरे ।

श्रेष्ठले कोभिड–१९को विषम परिस्थतीमा नेपाली काँग्रेस सहयोगी बन्न तयार रहेको बताए । ‘यो भयावह प्रकोपबाट हामीले मुक्ती पाउने भनेकै लकडाउनलाई पूर्णरुपमा पालना गर्दै हाम्रो दैनिक जिवनलाई व्यवस्थीत गर्नु हो ।’ उनले भने । ‘लकडाउन अवधी लम्बिएसँगै दैनिक जिवनमा आईपर्ने समस्या पनि विकराल बन्दै जानु स्वाभावीकै हो ।’

कुनै कारण वस उत्तरभारत क्षेत्रमा रहन समस्या हुनेहरुका लागि स्वदेशमा आउन कुनै कठिनाई नरहेको विज्ञप्ती मार्फत अवगत गराउनुभएको छ । यात्रुको सामान्य स्वास्थ्य चेकजाँच भै आवश्यक लागेमा तोकिएको क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन गुल्मी काँग्रेसले आम नागरिकलाई आग्रह गरेको छ ।

नेपाली काँग्रेस गुल्मीको जनसम्पर्क समितिसँग आपसी समन्वय भैरहेको सभापति श्रेष्ठले बताए । गुल्मी काँग्रेसको निर्देशनमा यस अघि नेपाली काँग्रेस गुल्मी–काठमाण्डौ सम्पर्क समितिले काठमाण्डौमा खाद्यान्नको समस्यामा परेका गुल्मीबासीहरुलाई पनि राहत वितरण गर्दै आएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker