काँग्रेसको जागरण अभियान मुसिकोट नगरपालिकामा सम्पन्न

अनिश शर्मा गैरे
गुल्मी, बैशाख २९ । नेपाली कंग्रेसको देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान सञ्चालन गरीरहेको छ ।

गुल्मीमा पनि राष्ट्रिय जागरण अभियान अन्र्तगत कंग्रेसले विभिन्न गाउँपालिका तथा नगरपालिकामा पुगी विभिन्न कार्यक्रम गरीरहेको छ ।

जागरण अभियान आन्र्तगत आज जिल्लाको मुसिकोट नगरपालिकामा कार्यक्रम गरीएको छ । काँग्रेसका जिल्ला समन्वय समितिका प्रतिनिधि तथा जिल्ला सचिब बिष्णु सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा पुर्व सासांद तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य हरि प्रसाद नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बर्तमान सरकारले गरेको गतिविधिहरु त्था यस स्थितीमा पार्टीको संगठन बलिया कसरी बनाउने भन्ने बिषयमा छलफल गरीएको बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि नेपालले नेपालले काँंग्रेस आफ्नै आन्तरीक समस्याका कारण पछाडि परेको बताउँदैअब स्थानीयस्तरबाट नै कंग्रेसलाई एकढिक्का बनाएर लैजानु पर्ने बताउनुभएको थियो । नेता नेपालले वर्तमान् सरकारले राष्ट्रहित विपरितका निर्णयहरु गदै गईरहेको तथा भष्ट्रचार लगायतका पछिल्लो समयमा उत्पन्न परिस्थितको नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो ।

कार्यक्रमलाई कंग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ,पुर्व सभापति चन्द्र बहादुर के.शी,उप–सभापति बिष्णु बलाल,सचिव खिलध्वज पन्थी, जिल्ला सदस्य थम्मन केसी, सदस्य कल्पना घिमिरे, सदस्य धर्म महत, महिला संघ जिल्ला सभापति लक्ष्मी पाण्डेय, क्षेत्रीय सचिब पुर्ण खत्री लगायतले बोल्नुभएको थियो ।

काँग्रेसका पुर्व जिल्ला सचिब हरिनारायण सापकोटाको स्वागत रहेको कार्यक्रमको सञ्चालन नेका वडा नम्बर ७ वामीका सचिब तेजेन्द्र जिसीले गर्नुभएको थियो ।

जागरण अभियान तीन चरणमा हुने छ । पहिलो चरण ३० दिने,दोस्रो चरण १५ दिने र तेस्रो चरण १० दिने काङ्ग्रेसले बताएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ