gulminews logo
सोमबार, २०७९ श्रावण २३

कहिले पाउँछन् नागरिकले सुलभ स्वास्थ्य सेवा ?

आर्थिक अभावमा मृत्यु कुरिरहेका गुल्मीका होटल व्यावसायी, परिवारमा आर्थिक संकट, बिमार बल्झिदै स्वास्थ्य खस्किदै

टोपलाल अर्याल
गुल्मी, १५ असार । गरिवलाई सवै लागोस तर रोग नलागोस । सायद गरिव तथा बिपन्न परिवारको चाहाना र कामना पनि त्यहि होला । किनकी गरिव रोग लागेपछि स्वास्थ्य उपचारको अभावमा कुहिएर, सुन्निएर र तड्पिएर बाँच्ने अवस्था नेपालमा बिद्यमान छ । पछिल्लो उदाहरण हुन् रेसुंगा नगरपालिका ८ का ४६ बर्षीय रोशन पाण्डेय । जसले एक दशकदेखि तम्घासको बसपार्कमा होटल व्यावसाय संचालन गरे । उनको स्थायी घर अर्घाखाँची छत्रदेव गाउँपालिका ७ अर्घातोष बाँगीगाउँ हो ।

तम्घासमा सयपत्री होटलबाट परिचित पाण्डेय अहिले गम्भिर रोगका कारण एक बर्षदेखि बिस्तारामै थला परिरहेका छन् । उपचारमा आर्थिक अभाव भएपछि श्रीमती रिता पाण्डेय संचार माध्यमसंग आफ्ना बिलौना पोख्दै हिडेकी छन् । उनका अनुसार श्रीमानको कलेजोले काम गर्न छोडेपछि पेट फुलेर बेहाल भइरहेको छ । दुई÷चार दिनमा पानी निकालेर नफाले निकै पीडा हुन्छ । परिवारले सुरुमा गुल्मी अस्पताल र बुटवलमा पनि देखाए । लामो समय घरमै आराम पनि गराए । तर, निको भएन । अहिले उनी १२ दिनदेखि बीर अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन् । उपचार, औषधी र काठमाण्डौ बसाई निकै महङ्गो बन्दै गएपछि परिवारमा आर्थिक संकट देखिएको छ ।

अहिलेसम्म श्रीमती रिताले आफ्नो पीडा बाहिर सुनाइनन् । सकेसम्मको खर्च र उपचार गरिन पनि । तर, स्वास्थ्य र शारिरीक अवस्था दैनिक खस्कदै गयो । होटल व्यावसाय बन्द गर्ने स्थिती भएकाले भाडा तिर्ने उपाय पनि छैन् । पीडित रोशनले परदेशमा कमाएको केहि पैसाले खोलेको होटलनै छोराछोरीको पठन पाठन र जीविकोपार्जन गर्ने माध्यम थियो । अहिले उनका छोरा प्रदिपले समेत पढाई बिताएर बुबाको उपचार गर्ने अवस्था आएको छ । एक बर्ष पहिले सुरुमा बान्ता हुन्थ्यो । ग्यास्टिक भनेर सामान्य उपचार गरियो ।

एक बर्षपछि पेट सुन्नीन थाल्यो । परिवारले एक बर्षदेखि पेटमा पानी भरिएपछि थुत्ने र औषधीउपचार गर्ने गरिरहेको छ । बिस्तारै किड्नीमा समस्या पनि समस्या देखिएको श्रीमती रिताले बताइन् । ‘अस्पतालले बिस्तारै निको हुन्छ भनेपछि कुरेर उपचार गरिरहेका छौ,’उनले भनिन,‘कहिलेसम्म कसरी अस्पतालमा राख्ने एक रुप्पे कतैबाट आर्थिक जोहो भएन् ।’ पाण्डेय परिवारलाई आर्थिक सहजीकरण गर्नेहरुको लागि उपचारमा संगै रहेका छोरा प्रविन पाण्डेयको मोवाइल नं ९८४२९२९५४८ र ग्लोबल वैक तम्घास शाखाको खाता नं ७००७०१०२६३१२२ रहेको छ ।

यो पनि पढ्नुस्

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै, बजेटमा जस लिनेको होटबाजी, कार्यान्वयमा वेवास्ता

हुमाकान्त पोखरेलगुल्मी, १५ साउन । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D