जिल्ला समाचार

करोडौंको मुल्य पर्ने जग्गा गाउँपालिकालाई निशुल्क प्रदान

सन्तोष महतारा
गुल्मी। गुल्मीमा एक गाउँपालिकाकाे प्रशाासनिक भवन बनाउनकाे लागि स्थानीयहरुले करोडौं मुल्य पर्ने जग्गा निशुल्क प्रदान गरेका छन् । जिल्लाकाे चन्द्रकाेट गाउँपालिकाकाे प्रशासनिक भवन बनाउनकाे लागि गाउँपालिकाकाे केन्द्र शान्तिपुरका स्थानीयले संयुक्त रुपमा आठ राेपनी जग्गा प्रदान गरेका हुन् ।

चन्द्रकाेट गाउँपालिका वडा नम्बर ४ शान्तिपुर बजारका स्थानिय नुमकला अर्याल , वालजंग अर्याल, बाबुराम अर्याल , ज्ञानु अर्याल , प्रविन अर्याल , कमल अर्याल र प्रकाश अर्याल गरी अर्याल परिबारबाट पाँच राेपनी साथै उत्तम खत्रीबाट एक राेपनी , देब बहादुर कुवँर बाट एक राेपनी र टेक बहादुर गलामी बाट एक राेपनी गरी जम्मा आठ राेपनी जग्गा गाउँपालिकालाई निशुल्क रुपमा प्रदान भएको गाउँपालिका प्रमुख द्राेण बहादुर खत्रीले बताए । उनका अनुसार यो जग्गाको मुल्य करोडौं रहेको छ । उक्त जग्गा गाउँपालिका प्रमुख खत्रीकाे पहलमा गाउँपालिकाकाे कार्यालय बनाउन प्रदान गरिएको जग्गादाताहरुले बताएका छन् ।
कार्यालय बनाएपछि जग्गादाताहरुकाे नाम थर शिलालेखमा लेखिने प्रमुख खत्रीले बताए । उनीहरूलाई एक कार्यक्रममा बिचमा सम्मान समेत गरिने चन्द्रकाेट गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकाे कार्यालय बनाउनकाे लागि केन्द्रले प्रस्ताव मागेका कारण फागुन २७ गते सम्म आफुले कार्यालय बनाउने जग्गा देखाउनुपर्ने भएकोले गाउँपालिका प्रमुख खत्रीले आफ्नै पहलमा साेही जग्गाकाे माग गरेकोले स्थानीय जग्गादाता समेत खुसी हुदै आठ राेपनी जग्गा निशुल्क रुपमा दिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिका प्रमुख खत्रीका अनुसार यसबर्ष नै साेही ठाउँमा गाउँपालिकाकाे बहुउद्देश्यीय सभाहल बनाइने छ । भवनकाे लागि पनि सरकारसँग माग गरेर सकेसम्म छिट्टै पहल गरिने उनकाे प्रतिक्रिया छ । स्थानीय जग्गादाताहरुले स्थानीय सरकार स्थायित्व गर्न जुन तरिकाले सहयोग गरेका छन् त्यसप्रति बिशेष आभार प्रकट गर्दै गाउँपालिका सधै जनताको हकहितका लागि काम गरिरहेको प्रमुख खत्रीले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D