कम भोल्टेजको विजुलीले गुल्मीवासीलाई सास्ती

२ जेठ, गुल्मी । गुल्मीमा विद्युत आउने जाने समस्याले उपभोक्ताले सास्ती व्यहोर्नु परेको छ । कम भोल्टेजका कारण विद्युत आपूर्तिमा समस्या आउने गरेको हो ।

आपूर्ति सहज र नियमित बनाउनका लागि १३२ केभीए लाइन बिस्तारको काम सुरु भए पनि २ वर्षपछि मात्रै काम सम्पन्न हुने नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालले बताए ।

अहिले तम्घासको उनायचौरमा १३२ केभीए लाइनको बिस्तारका लागि टेन्डर भइ सम्झौता भएको प्रमुख आचार्यले जानकारी दिए । रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को उनायचौरमा र सुसिकोट नगरपालिकाको पौदीअमराइमा सब स्टेशनको लागि प्रक्रिया अघि बढेको छ ।

१३२ केभीए लाइनको सवस्टेशन बनेपछि कपिलवस्तुबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर पौदीअमराई हुँदै बाग्लुङ लगिने छ ।

लामो दुरीबाट बिधुत ल्याउनु पर्ने बाध्यता र ठाउँ-ठाउँमा आउने अबरोध र हावाहुरीका कारण पनि समस्या हुदै आएको प्रमुख अर्यालले बताए । लामो दुरीबाट बिधुत गुल्मी ल्याउनु पर्ने समस्या भएकै कारण यस्तो अबस्था आएको कार्यालयले जनाएको छ ।

गुल्मी सदरमुकाम तम्घासमा बुटवलको योगिकुटीबाट चौराहा, चौराहाबाट पाल्पा, पाल्पाबाट रिडी, रिडीबाट बिरवास र बिरवास हुँदै विद्युत लाइन आउँछ । यो २६५ किलोमिटरको दूरी हो ।

गुल्मी कालिगण्डकी प्रभाबित क्षेत्र भएकोले लोडसेडिङ्ग नगर्ने सहमति पनि भएको थियो । अन्य दुईवटा हाइड्रो पावरहाउसबाट पनि बिद्युत निकालिएको छ । तर, विद्युत नियमित हुन सकेको छैन ।

कालिगण्डकीबाट निकालिएको बिद्युत बुटवल प्रशारण लाइनमा समाबेश गरी बितरण गरिन्छ । बिद्युत बिस्तार हुने मुख्य लाइमा गाडिएका पोल तार जीर्ण बनिसकेका छन् ।

जिल्लामा रहेका दुईवटा पावरहाउसबाट पनि सुख्खा समयमा कम मात्रामा विद्युत उत्पादन हुने गरेकोले समस्या हुने गरेको छ । -अन्लाईन खबर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ