जिल्ला समाचार

कम्युनिष्टहरूले दलितको भोटको दुरुपयोग गरे: कांग्रेस सभापती श्रेष्ठ

रमेश विश्वकर्मा
गुल्मी, फागुन ४ । नेपाली कांग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले कम्युनिष्टहरूले दलित समुदायको भोटको दुरुपयोग गरेको भन्दै आम दलित समुदायलाई नेपाली काँग्रेसमा आवद्ध हुन आग्रह गरेका छन् ।

नेपाल दलित संघको स्थापनाको २१ वर्ष पुरा गरेको अवसरमा आयोजित एक कार्यक्रममा शुभकामना मन्तव्य राख्दै श्रेष्ठले त्यस्तो अपिल गरेका हुन् ।

नेपाली काँग्रेस गुल्मीको पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा एक कार्यक्रमको आयोजना गरि नेपाल दलित संघ गुल्मीले भव्यताका साथ २१ औं स्थापना दिवस मनाएको हो ।

नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोईरालाको तस्वीरमा माल्यार्पण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपाल दलित संघ गुल्मीका उपाध्यक्ष शेरबहादुर चुँदाराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले कम्युनिष्टहरूले दलित समुदायको भोटको दुरुपयोग गरेको भन्दै आम दलित समुदायलाई नेपाली काँग्रेसमा आवद्ध हुनका लागि अपिल गर्नभयो । साथै उहाँले दलित समुदायको हकहित र अधिकारको सुनिश्चितताका लागि नेपाली काँग्रेसको अहम भूमिका रहेको बताउनुभयो ।

नेपाली काँग्रेस गुल्मीका जिल्ला सदस्य तथा दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, नेपाली काँग्रेस गुल्मीका सदस्य हरिकृष्ण विक र नेपाल दलित संघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्ण नेपालीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल दलित संघका सल्लाहकार रोम विश्वकर्मा र नेपाली काँग्रेसका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिका समेत उपस्थित रहेको थियो ।

कार्यक्रममा नेपाल दलित संघ गुल्मीका सदस्य टिका विश्वकर्माकी छोरी पुजा रसाईलीलाई सम्मान गरिएको छ । पुजा रसाईलीले प्रदेश नं. ५ को दाङमा अयोजित प्रादेशिक प्रोफेशनल आई.टि.एफ तेक्वान्दो च्याम्पियन २०७५ को कार्यक्रममा उत्कृष्ट खेलाडी बन्दै प्रथम स्थान हाँसिल गरेको भन्दै नेपाल दलित संघ गुल्मीले सम्मान गरेको हो ।

नेपाल दलित संघ गुल्मीका अध्यक्ष लुमबहादुर सुनारको सभापतित्व रहेको कार्यक्रमको सञ्चाल सचिव नविन विश्वकर्माले गर्नुभएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D