कठै ! गुल्मीका बल बहादुरको जस्तो पिडा शत्रुलाई पनि नपरोस् (भिडियो रिपोर्ट )

भुबन भुसाल / कमल खत्री
गुल्मी, असार ५ । गुल्मी चन्द्रकोट गाउपालिका वार्ड न ८ का ५८ बर्षिय बलबहादुर अर्यालको दुबै मृगौला फेल भएको २ बर्ष भन्दा बढी भयो । भारतको एक कम्पनिमा काम गर्दा गर्दै बिरामी परेका उनी मृगौलाले काम गर्न छोडेको थाहा पाएपछी घर फर्किए। उपचार गर्दा आफू सङ्ग भएको सबै पैसा सकियो ।

स्थानियले भैलो खेलेर उठाएको रकम, अलिअली गरि चन्दा उठाएको पैसा पनि सकियो अब उनलाइ डायलासिस गर्न बुटवल जाने गाडी भाडा, बुटवल गएर बस्ने खाने रकम र औषधि किन्ने पैसा सम्म छैन । पिडितकी भान्जी सरिता पोख्रेलले भनिन ” यहाँ बाट हुने सबै उपाय गरियो अब केही उपाय छैन कसैले सहयोग गरे मामा बाच्नु हुन्थ्यो ” ।

पिडितकी आमा ८५ बर्षिय हिरा कुमारी अर्याल रुदै भन्छिन ” छोरो भन्दा पहिला आफै जानू पाए यो अवस्था देख्नु पर्ने थियन , यस्तो दु:ख त कसैलाइ नपरोस । श्रीमती ५० बर्षिय लक्ष्मी अर्याल यो पिडाले बेहोसी जस्तै भएकी छिन राम्रो सङ्ग बोली सम्म निकाल्न सक्दिनन । हप्तामा दुई पटक डायलासिस गर्न बुटवल पुग्नु पर्छ एक पटकमा करिब ४ हजार लाग्छ अब एक रुपैया पनि छैन काल पर्खिनु सिवाय केही उपाय भएन भन्छन पिडित अर्याल ।

बाँकी यो भिडियोमा :

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ