जिल्ला समाचार

औषधी ब्यबसायी संघ गुल्मीकोे पाँचौ जिल्ला अधिवेशन सम्पन, अध्यक्षमा श्रेष्ठ

सन्तोष महतारा
गुल्मी, जेठ २४ । नेपाल औषधी ब्यबसायी संघ जिल्ला शाखा गुल्मीको पाँचौ अधिवेशन सम्पन्न भएको छ । अबिधेशनबाट अध्यक्षमा महेश कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा फर्सुराम पाण्डे र महासचिवमा गणेश श्रेष्ठ सहित ११ सदस्यि समिति गठन गरिएको छ ।

संस्थाका महासचिवले प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम जिल्लाका औषधी ब्यबसायीहरुलाई संवेदनशिल भई औषधी बिक्रि गर्न लगाउने विभिन्न सामाजिक उत्तरदायित्तवका काममा संस्था अग्रसर रहेको पनि कार्यक्रममा प्रतिवेदन मार्फत प्रस्तुत गरिएको थियो ।

प्रतिवेदन मार्फत नै संस्थाले बिरामीलाई फलफुल वितरण गरेको, गुल्मी दजाकोटमा आगो लाग्दा राहत सामाग्री वितरण गरेको, विभिन्न कार्यक्रममा प्रतिनिधिको रुपमा सहभागिता रहेको समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका नेपाल औषधी ब्यबसायी संघका केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठले कुनै लोभी ब्यवसायीहरुले नाफा कमाउने भनेर औषधी बेच्दा संस्थाको बदनाम हुने बताउनुभएको थियो । उहाँले कसैले पनि संस्थामा दाग लाग्ने गरेर काम नगर्न आग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भूषाल,उद्योग बाणिज्य संघ गुल्मीका महासचिव तारा भुषालले संस्थाले औषधी बिक्री मात्रै नभई सामाजिक उत्तरदायित्तवका काम गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा लुम्बिनी अञ्चल शाखाका प्रमुख समेतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष कमल प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D