जिल्ला समाचार

एसइई परिक्षामा युनिक चिल्ड्रेनकी अस्मिता बनिन् मुनपा टप, यस्तो छ समग्र मुसिकोटको नतिजा

अनिश शर्मा गैरे
गुल्मी, १३ असार । विहिबार प्रकाशित कक्षा १० को बार्षिक परिक्षा एसइइको नतिजा अनुसार युनिक चिल्ड्रेन एकाडमीका विद्यार्थी अस्मिता अर्याल मुसिकोट नगरपालिकामा सर्बाेत्कृष्ट भएकी छन् । अर्यालले ३.९ जि.पि.ए ल्याएकी हुन् । त्यस्तै ३.८ जि.पि.ए सहित सोही विद्यालयकै सविता राना द्धितिय भएकी छन् ।

यो पनि पढ्नुस्: संस्थागत बिद्यालय तर्फ एउटै बोर्डिङका २ बिद्यार्थी गुल्मी जिल्ला प्रथम र द्वितिय (एसईई नतिजा)

त्यस्तै वामीको महेन्द्र आदर्श माद्यामिक विद्यालयमा जनक सापकोटाले जिपिए ३.७ जि.पि.ए सहित बिद्यालय टप गरेका छन् । बिद्यालयबाट सापकोटा सहित ७ जनाले ए ग्रेड ल्याएको प्रद्यानाध्यापक बुद्धि प्रसाद शर्माले बताए ।

त्यस्तै गोल्डेन फ्युचर एकाडमीमा समिर सापकोटाले ३.७५ जि.पि.ए, मालिका बोर्डिङ्गकी मनिसा थापाले ३.७ जि.पि.ए र जनजागृती माबि मुनपा ३ चौरबाट ३.२ जि.पि.ए सहित सन्देश पोखरेल र ३ जि.पि.ए सहित दिनेश रिजालले उत्कृष्ट नतिजा ल्याएका सम्बन्धित बिद्यालयका प्रद्यानाध्यापकहरुले जानकारी दिए ।

त्यस्तै मुसिकोट ८ को शारदा विद्या मन्दिर माबिमा पवन सापकोटाले ३.१, सागर बिकले २.९५ तथा राजेश नेपालीले २.८५ जि.पि.ए प्राप्त गरेको सहायक प्रअ चिरञ्जीवि शाक्यले जानकारी दिए ।

त्रिभुवन मावि मुनपा ६ कुर्घामा खड्ग बहादुर बोहोरा सहित १० जनाले “ए” ग्रेड ल्याएका छन् । बोहोराले ३.६५ जि.पि.ए ल्याएको विद्यालयका प्रद्यानाध्यापक राम बहादुर थापाले जानकारी दिए ।

दुर्गा भवन मावि मुनपा ५ बाट ओम सेन्चुरीले ए प्लस ल्याएका छन् भने इरा खरेल र दामोदर खरेलले ए ग्रेड ल्याएका छन् ।

नेपाल राष्ट्रिय सर्वाेदय माविमा संगम गिरिले ३.५ र प्रतिक्षा केसीले ३.४ जि.पि.ए प्राप्त गरेका छन् ।

सीतापुर मावि अर्लाङ्कोटका आविष्कार कंडेलले ३.४ जि.पि.ए ल्याएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D