जिल्ला समाचार

एसइई दिएका बिधार्थीहरुलाई ट्राफिक संबन्धी ज्ञान

तिलाचन पाण्डे
चैत्र १८, गुल्मी । जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले एसइई दिएका बिधार्थीहरुलाई ट्राफिक संबन्धी पाठ पढाएको छ । सोमबार एसइई सकेका बिधार्थीहरुलाई लक्षित गरी ज्ञान दिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीका प्रमुख पृथ्बीनारायण काफलेले जानकारी दिनुभयो ।

गुल्मी जिल्लाका १२ वटै स्थानीय तहहरुका केन्द्रमा करिब २ हजार बिधार्थीहरुलाई ट्राफिक संबन्धी ज्ञान सिकाईएको काफलेले दाबी गर्नुभयो । भर्खर एसइई दिएका बिधार्थीहरु बिस्तारै शहरतिर प्रबेश गर्ने भएका र उनीहरुले सवारी चलाउन सिक्ने भएकाले पनि यो कार्यक्रम प्रभाबकारी भएको कार्यलयले दाबी गरेको छ ।

बिधार्थीहरु बिस्तारै शहरतिर जाने र उनीहरुलाई ट्राफिक ज्ञान संबन्धी जानकारी पनि नहुने भएकाले पनि यसरी ट्राफिक संबन्धी ज्ञान दिएको र जनधनको सुरक्षाका निम्ति पनि यो कार्यक्रम फलदायी भएको बिधार्थीहरुले बताएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D