एमाले गुल्मीमा अध्यक्षमा काउछा र सचिवमा श्रीपाली र्निबिरोध निर्वाचित

अनिल खत्री
२४ पुस, गुल्मी । नेकपा (एमाले) गुल्मीको अध्यक्ष र सचिव पदमा र्निबिरोध भएको छ । जिल्ला अध्यक्षमा बालसिङ्ग काउछा र सचिवमा गणेश श्रीपाली र्निबिरोध निर्वाचित भएका छन् ।

जिल्ला सदरमुकाम तमघासमा जारी नेकपा (एमाले) गुल्मीको ११ औं जिल्ला अबिधेशनबाट अध्यक्षमा काउछा र सचिवमा श्रीपालीको मात्रै उम्मेदवारी परेकाले र्निबिरोध भएका हुन् । शुक्रवारबाट सुरु भएको जिल्ला अधिबेशनमा अध्यक्ष र सचिव पदमा बाहेक अरु पदमा धेरै प्रतिस्पर्धीहरुले उम्मेदवारी दिएका छन् ।

अन्य पदमा उम्मेदवारी दिए पनि सर्बसम्मत नेतृत्व चयन गर्नका लागि छलफल भइरहेको एमाले गुल्मीले जनाएको छ ।

अधिबेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछन् । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । जिल्ला कमिटीको संख्या मध्ये ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनेछन् ।

अधिबेशनमा जिल्लाभरबाट करिब ७ सय भन्दा वढि प्रतिनिधी सहभागि भएका छन् । नेकपा एमाले गुल्मीमा १० हजार १८४ जना संगठीत सदस्य रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ