एमाले गुल्मीद्धारा प्रदिप र गोकर्णको नाम सर्वसम्मत

अनिल खत्री
गुल्मी असोज १९ । आगामी मंसिरमा हुने प्रतिनिधीसभा प्रदेशसभाको निर्वाचनका लागी एमाले गुल्मीले दुबै क्षेत्रबाट सर्वसम्मत सिफारिस गरेको छ । एमाले गुल्मीको बैठकले दुई केन्द्रिय सचिव प्रदिप ज्ञवाली,गोकर्ण बिष्टलाई सिफारिस गरेको एमाले गुल्मीका सचिवालय सदस्य जंग नेपालीले जानकारी दिए ।

ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट र बिष्ट क्षेत्र नम्बर २ बाट सिफारिस भएका हुन् । ज्ञवाली साबिकको क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भएका थिए । ज्ञवाली २०५६ साल र २०६४ सालमा सम्पन्न निर्वाचित भएका थिए ।

बिष्ट साबिकको क्षेत्र नम्बर ३ बाट २ पटक निर्वाचित भएका थिए । उनि २०५६ साल र २०७० सालमा सम्पन्न निर्वाचनमा निर्वाचित भएका हुन् । गुल्मीलाई तिनवटा क्षेत्रबाट समायोजन गरि २ वटा क्षेत्र निर्धारण गरिएको छ । जिल्लाबाट ४ वटा प्रदेस सभामा बिभाजन भएको छ ।

एमाले गुल्मीले प्रदेश सभाको उम्मेदवारको नाम सर्वसम्मत बनाउने तर्फ लागेको नेपालीले जानकारी दिए । प्रदेश सभा तर्फ २ नम्बर क्षेत्रबाट पूर्व संसद कमल क्षेष्ठ सर्वसम्मत सिफारिस भएका छन् ।

श्रेष्ठ २०५१ सालमा सम्पन्न निर्वाचनम गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । अन्य तिनवटा प्रदेशका क्षेत्रबाट धेरै आकांक्षीहरु भएसँगै नाम सर्वसम्मत बनाउने तयारी भइरहेको एमाले गुल्मीले जनाएको छ । प्रदेशसभा तर्फ एक क्षेत्रबाट १५ जना सम्म आकांक्षीहरुले उम्मेदवार बन्नको लागी दावी गरेकाले नाम सिफारिस हुन सकेको छैन् । धेरैले इच्छा जायरगरेपछी जिल्ला कमिटीलाई छनोट गर्नको लागी नाम पठाएका छन् ।

प्रतिनिधी सभा तर्फ समानुपातिक तर्फ बालसिंह काउछा, मैना भण्डारी, गणेश बिश्वकर्मा, होमनाथ कँडेल, भिम पौडेलको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको समानुपातिक तर्फ बोम खड्का, रामकुमारी झाँक्री, सागिर मियाँको नाम सफारिस गरिएको सचिवालय सदस्य नेपाली जानकारी दिए । अन्य दलहरुले पनि उम्मेदवार सिफारिसको लागी छलफल भइरहेको जनाएका छन् ।

मुख्य मन्त्रीको चर्चामा बिष्ट

गुल्मी क्षेत्र नम्बर २ नाम सिफारिस भएका गोकर्ण बिष्टको नाम पाँच नम्बर प्रदेसको मुख्य मन्त्रीमा पनि चर्चामा रहेको छ । प्रतिनिधीसभा तर्फ नाम सिफारिस भएपनि बिष्टको नाम मुख्य मन्त्रीमा पनि चर्चामा रहको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ