gulminews logo
बिहीबार, २०८१ बैशाख ६

एमालेका गुल्मेली दुवै पार्टी सचिव मन्त्री, गुल्मीमा दिपावली

टोपलाल अर्याल
गुल्मी, २ फागुन । गुल्मीमा नेकपा एमालेका दुई पार्टी सचिव छन् । दुवै जना सांसद भए । संयोग केपी ओलीको नयाँ सरकारमा दुवै जना मन्त्री भएपछि जिल्लामा खुसीयाली छाएको छ । नेकपा एमालेका सचिव द्धय प्रदिप ज्ञवाली परराष्ट्र तथा गोकर्ण बिष्ट श्रम तथा बैदेशिक रोजगार मन्त्री भएका छन् ।

जिल्लाले दुई वटा मन्त्री पाएपछि एमालेको भातृ संगठन युवा संघ नेपाल र अनेरास्वावियु जिल्ला कमिटी गुल्मीले सदरमुकाममा दिपावली गरेको छ । भने प्रदिप ज्ञवालीको जन्म स्थान रुरु गाउँपालिकाका र गोकर्ण बिष्टको जन्म गाउँ इस्मा गाउँपालिकाका विभिन्न स्थानमा पनि दिपावली गरी खुसीयाली मनाइएको छ । ज्ञवाली र बिष्ट सहित ११ मन्त्रीले शुक्रबार साँझ राष्ट्रपति बिद्यादेवि भण्डारीबाट सफत लिएका छन् ।

को हुन् प्रदिप ज्ञवाली ?
गुल्मीको प्रतिनिधी सभा क्षेत्र नं १ बाट एमाले सचिव तथा वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित भएका थिए । ज्ञवालीले ३७ हजार आठ सय १४ मत ल्याएर बिजयी भए । भने उनका प्रतिस्प्रर्धी नेपाली कांग्रेसका चन्द्र भण्डारी ३० हजार दुई सय ५६ मत ल्याएर पराजित भएका थिए । उनी गुल्मीको रुरु गाउँपालिका बलेटक्सार ४ मा पिता नारायणदत्त ज्ञवाली र आमा पुन्यकला ज्ञवालीको कोखबाट २०१९ साल भदौ १९ गते जन्मिए थिए । उनी नेकपा एमालेका प्रभावशाली नेता हुन् । ज्ञवालीका दुई छोरा र एक छोरी छन् ।

राजनैतीक पृष्ठभुमी
ज्ञवालीको बिस २०३० सालमा अखिल नेपाल क्रान्तीकारी बिद्यार्थी संघको प्रारम्भिक कमिटी बाट राजनैतीक यात्रा शुरु भएको थियो । उनी वि.स. ०३४ सालमा नेकपा मालेको गुल्मी पाल्पा जिल्ला किमिटीको सदस्य बनेका थिए । ०४६ सालमा गुल्मी अर्घाखाँची जिल्ला किमिटीको सचिव, ०५१ सालमा लुम्बिनी अञ्चल कमिटी सदस्य, ०५४ सालमा केन्द्रिय कमिटी सदस्य, ०६७ सालमा पोलिटव्यूरो सदस्य, ०७१ सालमा सचिव समेत भएका छन् । ०३६ सालदेखि ०६२, ०६३ सालको देशका ठुला परिर्वतनका आन्दोलनमा सक्रिय ज्ञवाली १५ वर्षको उमेरबाटै भुमिगत राजनितीमा लागेका थिए । ज्ञवाली ०५६, ०६४ को चुनावमा बिजयी बने । ०६३ सालमा पर्यटन मन्त्री समेत बनेका ज्ञवाली माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनको लागी बनेको बार्ता टोलीका सदस्य समेत बने ।

को हुन गोकर्ण बिष्ट ?
प्रतिनिधी सभा क्षेत्र नं २ मा बामगठबन्धनका उमेद्वार तथा नेकपा एमालेका सचिव गोकर्ण बिष्ट अत्यधिक बहुमतका साथ बिजयी भएका थिए । बिष्टले आफ्ना निकटतम प्रतिस्प्रर्धी लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेसका चन्द्र केशीलाई १४ हजार चार सय ६२ मत अन्तरले पराजित गरेका छन् । बिष्टले ३४ हजार छ सय १८ र उनका प्रतिस्प्रर्धी केशीले २० हजार एक सय ५६ मत प्राप्त गरेका थिए । गोकर्ण बिष्ट नेपाली राजनितीको पछिल्लो समयमा लोकप्रिय र सफल युवा नेताको नाम हो । मन्त्री बिष्ट गुल्मी इस्मा गाउँपालिका ४ दोहोली बाँझमा बुवा भिम बहादुर बिष्ट र माता चिन्तकला बिष्टको कोखबाट २०२२ साल असार १७ गते जन्मिएका थिए । बिष्टको २०३५ सालबाट राजनिती यात्रा सुरु भएको थियो । उनी २०४० सालमा लोकसेवा मार्फत तत्कालिन अञ्चलाधिश काजीमान कन्दवाङ्गसंग जागिर खाएको पहिलो दिनमै बिवाद परेपछि जागिर छोडेर राजनितीमा सक्रिय भएर लागेका थिए ।

राजनैतीक यात्रा

बिसं २०४३ सालमा पार्टी सदस्य लिएका बिष्ट अनेरास्वबियूको कठमाडौ र वागमती अञ्चल अध्यक्ष, केन्दिय समितीमा संगठन बिभाग, शैक्षिक बिभाग, रचनात्मक बिभाग, प्रचार प्रसार बिभाग प्रमुख भएर काम गरेका थिए । बिद्यार्थीपछि उनी ०५० सालमा तत्कालिन प्रजान्त्रिक राष्ट्रिय युवा संघ हालको युवा संघ नेपालको केन्द्रिय कमिटीमा रहेर काम गरेका थिए । ०५३ सालमा प्रायुसंघको महासचिव बनेका बिष्ट ०५७ साल देखि दुई कार्यकाल त्यसको अध्यक्ष भएका थिए । उनी नेकपा एमालेको केन्द्रिय सदस्य सहित पार्टीको बुद्धिजिवी परिषको इन्चार्ज समेत रहेका थिए । बिष्टले पार्टीको स्थानिय बिभाग, बिद्यार्थी र युवा फाँटको इन्चार्ज भएर काम गरेका छन् । ०७१ सालमा पार्टीको केन्द्रिय सचिव भएका उनले नेपालका विभिन्न राजनैतीक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । आन्दोलनकै क्रममा उनी पटकपटक प्रहरीको धरपकड र नियन्त्रणमा परेका थिए । उनी ०५६ र ०७० सालमा तत्कालिन गुल्मी क्षेत्र नं. ३ का सांसद हुन् । ०६८ सालमा उर्जा मन्त्री बनेका बिष्टले छोटो समयमै सफल उर्जामन्त्रीको चर्चा बटुलेका थिए । बिष्टले ब्यवस्थापन संकायमा स्नाकोत्तर र काुननमा स्नातक गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D