जिल्ला समाचार

एमसिसी पास हुन्छ: मन्त्री ज्ञवाली

हुमाकान्त पोखरेल
गुल्मी, असौज १ । नेपाल सरकारका परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदिपकुमार ज्ञवालीले अमेरिकी मिलेनियम कर्पोरेशन (एम्सिसी) पारित हुने बताएका छन् । बिहिबार गुल्मी सदरमुकाम तम्घासमा पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामी तिब्रगतिमा विकासको बाटोमा छौ, हामीलाई वैदेशिक सहयोगको पनि खाँचो छ ।’ मन्त्री ज्ञवालीले भने, ‘केही संशोधन गरेर एम्सिसी पारित गर्नुपर्छ ।’ एम्सिसीको बारेमा बाहिर अनावश्यक हल्ला चलाइएको भन्दै त्यो निराधार हुने उनको भनाई छ । त्यसका साथै आफुहरु लिपुलेक, कालापानी लिम्पियाधुरा सहितको नेपाली जग्गा प्राप्तको लागि लागिपरेको पनि बताए ।

लालपुर्जा हातमा आइपुगेको भन्दै उनले केही समयमै जग्गा फिर्ता हुने विश्वास व्यक्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कोही पनि कार्यक्रतालाई सामाजिक संजालमा अनावश्यक विरोध नगर्न पनि निर्देशन दिए । फरक प्रसंगमा उनले दुई संकटलाई सामना गरेर जिन्दगीको गाडीलाई गुडाउनुपर्ने समय आएको बताए । व्यवसाय चलाउने, बजार खोल्ने नाममा स्वास्थ्य जेसुकै होस् भन्ने र स्वास्थ्य संकट बढ्यो भन्दैमा अर्थतन्त्र जे सुकै होस् भन्ने कुरालाई सम्हालेर अगाडी बढ्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D