gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

एमसिसीको फुलफमनै थाहा नभएकाले अफवाह फैलाए : मन्त्री ज्ञवाली

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

टोपलाल अर्याल
गुल्मी, २१ माघ। परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले एमसिसिको फुलफम थाहा नभएकाहरुले ठुलो भ्रम फैलाएको बताए । उनले एमसिसिको बिषयमा सुचना र ज्ञानको अभावका कारण जिम्मेवार नेताले समेत जनतामा गलत सन्देश पुराएको बताए। प्रेस संगठन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले एमसिसी चुइगम जस्तै भएकाले जति चपाएपनी पछीसम्म रस आए जस्तै यसको महत्त्व दीर्घकालीन भएको बताए । आफुहरु अध्ययनकै क्रममा रहेकाले छिमेकी मित्र रास्ट्रबीचको सम्बन्ध नबिग्रने गरेर एमसिसी अगाडी बढ्ने ज्ञवालीले बताए । उनले ४९ देशमा यो लागू भएकाले इन्टरनेटको दुनियाँमा एमसिसी नौलो नभएकोले अध्ययन गर्न आग्रह गरे ।

बैठकको सन्देश : थप एकताबद्ध र सुदृढीकरण

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली केन्द्रिय कमिटी बैठकले नेकपाको बिषयमा प्रतिपक्षीले गरेका काल्पनिक भ्रमको अन्त्य गरेको बताए । दुवै पार्टीका सबल र दुर्वल पक्षको गम्भीर छलफल गर्नुका साथै महत्त्वपूर्ण प्रस्ताव पारित गरेकाले थप एकता र सुदृढीकरणको सन्देश बैठकले दिएको बताए । उनले जनतामा फैलाइएको भ्रम चिर्न र संगठन बिस्तार तथा सुदृढीकरण गर्न पार्टीले ३ महिने विशेष अभियान संचालन गर्ने बताए ।

भ्रष्टाचारविरुद्ध सरकारको हमला

मन्त्री ज्ञवालीले सरकारले भ्रष्टाचारविरुद्ध हमाला शुरु गरेको बताए । उनले अख्तियारमै बसेर पनि भ्रष्टाचार गर्ने प्रवृत्ति भएकाले त्यसको अन्त्यमा सरकार कटिबद्ध भएर लागेको बताए । ज्ञवालीले सानातिना मात्रै नभएर ठुलो रकम दुरुपयोग गर्ने बिशिस्ट व्यत्ती पनि कारबाहीको दायरामा आएको बताए ।
उनले दुई बर्षको कार्य सम्पादनबाट थप आत्म बिश्वास बढेको बताए । जनताको बिचको लोकप्रियता र केहि ठुला सस्थाहरुको मुल्यांकनका आधारमा आर्थिक बृद्दिदर, शुशासन, शान्ति सुरक्षा र लगानीका हिसाबले नेपाल धेरै अगाडि बढेको उनले बताए । साथै बल्झिएको सिमा बिवाद अहिले नयाँ ढंगले आएकोले नेपालको कुटनैतिक माध्यमबाट जमिनको हक कायम गर्ने ज्ञवालीले बताए ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D