जिल्ला समाचार

एक साता देखि अबरुद्ध सडक आंशिक रुपमा सुचारु

अनिल खत्री
गुल्मी, भदौ ११ । एक साता देखि अबरुद्ध बनेको गुल्मीको तम्घास–सिमलटारी सड्क खण्ड आंशिक रुपमा सुचारु भएको छ । भदौ ४ गते देखि सड्क चौडा पार्ने भन्दै तिन दिनलाई बन्द गर्ने भनिए पनि एक साता पछी आइतवार साँझाबाट आंशिक रुपमा सञ्चालनमा आएको छ ।

निर्माण कार्य भइरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित छल्दी पनाह पुल नजिकै ठुलो चट्टालाई चौडा पार्ने काम भइरहेको छ । सड्क प्रत्येक दिन बिहान साढे ९ बजेर देखि ११ बजे सम्म र बेलुकी ५ बजेपछी आंशिक रुपमा सञ्चालनमा ल्याइएको निर्माण कम्पनीका इन्जिनियर नविन सापकोटाले जानकारी दिए ।
gulmi road
बाटो बन्द भएसगै सदरमुकामबाट पश्चितर्फ आउने जाने दर्जनौ धेरै सड्कहरु प्रभावित भएका थिए । सड्क बन्द भएसगै सयौ सवारी साधान तथा यात्रुहरु मारमा पर्ने छन् । सड्क बन्द भएसगै अन्य स्थानबाट बैकल्पीक बाटो प्रयोग गरेर यात्रा गर्दा वढी भाडा तिनुपर्ने र जोखिम पूर्ण यात्रा गर्नु परेको यात्रुहरुको गुनासो थियो ।

उक्त सड्कको दुइवर्ष देखि कालिका कन्टक्सनले निर्माण कार्य गर्दै आएको छ । कम्पनीले तम्घास देखि सिमलटारी सम्मको सड्क कालोपत्रे गर्न अन्तिम चरणमा पु¥याएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker