कोरोनाजिल्ला समाचार

एक वडाबाट अर्को वडा जान पास अनिवार्य

गुल्मी, चैत १४ । गुल्मीको मालिका गाउँपालिकाले एक वडाबाट अर्को वडामा जान पास लिनुपर्ने व्यवस्था गरेको छ । कोरोना भाइरसको जोखिमबाट बच्नका लागि मालिका गाउँपालिकाले एक वडाबाट अर्को वडा जान पनि अनिवार्य पास लिनुपर्ने प्रावधान बनाएको जनतासमाचार डट कमले खबर छापेको छ ।

वडाहरुले पनि अतिआवश्यक काम बाहेक अन्यलाई पास नदिने बताएका छन् । गाउँपालिकाभित्र एक वडाबाट अर्को वडामा जाने ठाउँमा स्थानियले नै बाँसका बेरिङ बनाएर आवतजावतमा रोक लगाएका छन् ।

वडा नम्बर ६ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता शोभाखर गिरीले कोरोना भाइरसको संक्रमणबाट गाउँपालिकालाई बचाउन आफूहरुले विशेष कदम चालिरहेको बताउनुभएको छ । उहाँका अनुसार मालिका गाउँपालिकामा भारतलगायत विदेशबाट आएका १० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D