जिल्ला समाचार

एकिकृत ग्रामिण विकास समाज गुल्मीको सामाजिक परिक्षण सम्पन्न

टोपलाल अर्याल
गुल्मी, १० असोज । मित्र समाज काठमाण्डौले एकिकृत ग्रामिण विकास समाज गुल्मीको आर्थिक बर्ष ०७४÷०७५ को सामाजिक परिक्षण सम्पन्न गरेको छ । सामाजिक परिक्षणमा संस्था मार्फत संचालन भएका परियोजना, गतिविधी र त्यसको अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत भएको थियो । जिल्ला समन्वय अधिकारी प्रलाद पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सामाजिक परिक्षण प्रतिवेदन माथी जिल्लाका पत्रकार, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधीहरुले आफ्नो धारणा राखेका थिए ।

पारस्परिक जवाफदेहिता परियोजना
पारस्परिक जवाफदेहिता परियोजना एकिकृत ग्रामिण विकास समाज मार्फत गुल्मी र अर्घाखाँचीमा संचालनमा छ । यो कार्यक्रम युएसएआइडी र एफएचआई–३६० को आर्थिक सहयोगमा संचालन भएको हो । गत बर्ष ३४ लाख २० हजार आठ सय ८८ रुपैयाँ बजेटमा ३२ लाख चार सय पाँच रुपैयाँ खर्च भएको परियोजना संयोजक हिरा कुवंरले बताइन् ।

यो कार्यक्रममले संस्थाको संस्थागत, लैगिंक तथा पैरवी लेखाजोखा गरी संस्थालाई उत्तरदायी, वैध र समानुकूल बनाउन क्षमता विकास गरेको, संस्थागत आवश्यक नीति, कानुन र ऐनको संशोधन, निर्माण तथा कार्यान्वयनका लागि पहल गरेको, भ्रष्ट्राचारमा शुन्य सहनशीलतालाई प्रवद्र्धन गर्न म खाँदिन विरुद्धको अभियान मार्फत सरोकारवालाहरुको परिचालन तथा प्रतिवद्धता गराएको, सुशासनको प्रवद्र्धन र नागरिक निगरानीका लागि स्थानीय सभा, पिपिडब्ल्युजी, साझा सभा, गठबन्धन, श्रोता समुह, श्रृजनशील शाखा जस्ता संयन्त्रहरुको स्थापना र परिचालन, स्थानीय तहमा जवाफदेहिताका औजारहरुको प्रयोग भएको सामाजिक परिक्षण प्रतिवेदनमा उल्लेख छ ।

सुआहारा परियोजना
यो कार्यक्रम एकिकृत ग्रामिण विकास समाज मार्फत गुल्मी जिल्लाभर संचालनमा छ । युएसएआइडी र एचकेआईको एक करोड ४४ लाख ७६ हजार तीन सय ४२ रुपैयाँ आर्थिक सहयोगमा परियोजना लागु भएको हो । जसमा एक करोड ५१ लाख १५ हजार आठ सय ४३ रुपैयाँ खर्च भएको संस्थाले जनाएको छ ।

यो परियोजना मार्फत कार्यक्रमका कर्मचारी तथा सरोकारवालाहरुको क्षमता विकास, छ सय ७० वटा इभेन्टबाट १४ हजार ६१ जना हजार दिनका आमाहरु, बालबालिकाको स्याहार गर्ने व्यक्तिहरु, पुरुषहरु किशोरकिशोरीहरु र महिला स्वास्थ्य स्वयंसेविकाले स्थानीय स्तरमा पोषणयुक्त खानाको तयारी सम्बन्धी व्यहारिक ज्ञान लिइ घरमा अभ्यास गरिरहेका संस्थाका अध्यक्ष हिरा अर्यालले बताए ।

१९ सय ९५ जना हजार दिनका आमाहरुलाई विभिन्न गतिविधिहरु मर्फत ज्ञान, क्षमता र बानी व्यवहार सम्बन्धी कार्यक्रममा संलग्न गराएको, आयोडिन, स्तनपान र एकीकृत पोषण सम्बन्धी दिवसीय कार्यक्रमबाट २१ सय ५६ जना लाभान्वित भई ज्ञान हासिल गरेको, ५० जना साथी सहजकर्ताहरुलाई परामर्श तथा संचार सीप सम्बन्धी तालिम प्रदान एवं जीवनोपयोगी आचरणहरुको ज्ञान हस्तान्तरण, ११ वटा स्वास्थ्य संस्थाको प्रणाली सुदृढिकरण तथा सुपेरिवेक्षण र अनसाईट कोचिंगका लागि स्वास्थ्यकर्मीहरुको क्षमता विकास र परिचालन, विभिन्न ४८ वटा स्वास्थ्य संस्थाको अनुगमन गरी पोषण, आमा तथा बालस्वास्थ्य कार्यक्रम तथा परिवार नियोजन सेवाको अवस्था पहिचानका साथै सुदृढिकरण, स्थानीय स्तरमा विभिन्न सचेतनामुलक गतिविधिहरु संचालन गरी स्वास्थ्य व्यहार तथा पोषण प्रवद्र्धनले स्थानीय नागरिकको स्वास्थ्य व्यवहारमा परिवर्तन भएको सामाजिक परिक्षण प्रतिवेदनमा उल्लेख छ ।

हजार दिनका आमाहरु र वालस्याहारकर्ताहरु एवं महिला स्वास्थ्य स्वयंसेविका गरी जम्मा ३१ सय ११ घरधुरीले (हिउँदे), २९ सय ८८ घरधुरीले (ग्रिष्म) र १३ सय २२ ले(बर्षा) तरकारी बीउ प्राप्त गरी करेसाबारी प्रवद्र्धन मार्फत पोषणमा पहुँच भएको, हजार दिनका आमाहरु र महिला स्वास्थ्य स्वयंसेविका गरी जम्मा २८ सय १९ घरधुरीले कुखुरा पाई पोषण प्रवद्र्धनमा सहयोग भएको, आठ सय १७ घरधुरीका हजार दिनका आमाहरुले े१२ सयका दरले कुखुराको खोर निर्माण सामग्री सहयोग प्राप्त गरेका ,एक सय ५० जना ग्रामीण नमुना कृषकले फलफुलका विरुवाहरु प्राप्त गरी प्रदर्शन स्थल बनाएका र तीन सय ७७ जना जनप्रतिनिधिहरुलाई पोषण प्रवर्धन सम्बन्धी क्षमता विकास गरी स्थानीय सरकारको योजनामा संलग्न गराउन सहजीकरण गरेको एकिकृत ग्रामिण विकास समाज गुल्मीले जनाएको छ ।
बाख्रा विकास परियोजना

हेफर ईन्टरनेशनल र किसानका लागि उन्नत बीउ बीजन कार्यक्रमको आर्थिक यो परियोजना जिल्लाको रेसुंगा नगरपालिका ६ र धुर्कोट गाउँपालिका ४ मा संचालनमा रहेको छ । यो परियोजनाको बजेट २१ लाख ३७ हजार ५९ रुपैयाँमा २१ लाख १५ हजार एक सय २१ रुपैयाँ संस्थाले खर्च गरेको सामाजिक परिक्षण आम भेलामा सार्वजनिक गरेको छ । यो कार्यक्रमले समूह तथा सहकारीमा आवद्ध भइ महिलाहरुको सचेतीकरण र सशक्तिकरण भएको छ । यसले सामाजिक पूँजीको विकास भएको छ ।

पाँच वटा मुल समूहमा १ सय २७ जना र ३५ वटा स्वावलम्बी उपहार समूहमा ८ सय ९१ गरी जम्मा एक १८ जना आवद्ध भइ नियमित छलफल र बचत वैठक वस्ने र कार्ययोजना बनाइ अगाडि बढने र स्वसमीक्षा गर्ने प्रचलनको विकास भएको सामाजिक परिक्षण रिर्पोटमा उल्लेख छ । त्यस्तै हिमचुली सहकारीले ५ सय २९ शेयर सदस्य १८ लाखपूँजी सहित आफ्नै भवन समेत बनाउन सफल भएको छ । महिलाहरुमा नेतृत्व विकास भइ राजनीतिक, सामाजिक तथा विकास निर्माणका कार्यमा अग्रसरता बढेको छ । साथै पशुपालनमा आधुनिक व्यवस्थापन प्रविधिको प्रयोग गरी उत्पादकत्व वृद्धि भएको छ । भने सरोकारवालासँग समन्वय र सहकार्यमार्फत बाख्राको मूल्य श्रृङ्खलाको संस्थागत विकास भएको संस्थाले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D