जिल्ला समाचार

एउटा १८ बर्षिय किशोरको मृगौलासँगै फेल भए उनका र परिवारका अनेकन सपना, सहयोगको अपिल

सन्जु काउछा
एउटा १८ बर्षे किशोर जस्को भर्खर लाउँलाउँ खाउँ-खाउँ भने उमेर छ । साथीभाईहरुसँग रमाईलो गर्ने, नातागोता चिन्ने र करियरको सपना देख्ने उम्मेर बन्दै छ । सानो झुपडीमा दु:खजिलो गरेर दैनिकी कटाउने परिवारको उसैको मुख हेरेर सुखी र खुशी जीवन जिउने आशा भर्खर भर्खर पलाउन थालेको छ । अत्यन्त मिजासिलो र मेहनती त्यही १८ बर्षिय किशोर अर्थात भक्त बहादुर रानाको अचानक दुबै मृगौलाले काम गर्न छोड्छ । अनी उसका मृगौला जसरी एउटा परिवार, उसका साथीभाई, नातागोता र सिंगो समाजकै उस्को प्रगती देख्ने सपना फेल हुन पुग्दछ । त्यही छोराले कमाउला, ऋण ब्यवहार मिलाउला, सानो झुपडिको चुहिने छाना टालेर अली गतिलो ओत लाग्ने ठाउँ बनाउला भन्ने परिवार आशा पनि उनै भक्त बहादुरसंगै थला परेको छ ।

हो यो बियोगान्त अवस्था यतिबेला गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुर उपल्लो रेमी निवासी देउ प्रसाद रानाको परिवारमा परेको छ । भर्खर १८ बर्ष को कलिलो उमेरमै देउ प्रसादका छोरा भक्त बहादुर रानाका दुबै मृगौलाले काम गर्न छोडेका हुन् । आशा भन्ने चिज पनि अचम्मकै हुन्छ, कस्लाई हुँदैन बाँच्ने-रमाउने आशा? रानाको पनि त्यही आशा हो । धापाखेल ललितपुरमा रहेको सुमेरु हस्पिटलमा उपचार गराईरहेका रानाको त्यही आशामा तपाईं-हाम्रो सानो सानो सहयोग पुग्ने हो उनले अवश्य नयाँ जीवन पाउनेछन् ।

गरे अवश्य हुन्छ, उदाहरण बनेका छन् चन्द्रकोट गाउँपालिकाकै मोहन रजाली । चन्द्रकोट गाउँपालिका ८ मजुवा घर भएका मोहन राजालीलाई तपाईं हामीले गरेको सानो-सानो सहयोगले उनको मृगौला प्रत्यारोपण सफल भएर अहिले नयाँ जीवन जिईरहेका छन् । उनी यतीबेला मजुवा बजारमै आफ्नै ब्यवसाय पनि सुरु गर्न सफल भएका छन् । यदी मजुवा पुग्ने मौका पाउनुभयो भने उनको झरना होटेल एण्ड रेस्तुरेन्टमा पुग्न नभुल्नुहोला ।

पारिवारिकै सदस्यले मृगौला दिन चहान्छन् रानालाई तर अत्यन्तै कम्जोर आर्थिक स्थितीले गर्दा मृगौला प्रत्यारोपण गर्न लाग्ने खर्च राना परिवारसँग छैन । त्यसैले उनले सम्पूर्ण नेपालीहरुसँग सहयोगको याचना गरेका छन् । तपाईँ हाम्रो सानो सहयोगले रानाले नयाँ जीवन पाउन सक्छन्, त्यसैले यदी हजुर पनि रानालाई सहयोग गर्न चहानुहुन्छ भने तल उल्लेखित खाता नम्बरहरु सहयोग रकम डिपोजिट गरेर वा फोन नम्बरहरुमा संपर्क गर्न सक्नुहुनेछ:

खाता नम्बर:
04810700986765000001
Bhakta bahadur rana
Prabhu Bank Satdobato Branch

अथवा
04720400475322000001
NMB Bank
+07886928530 ओम थापा (बेलायत)
+971543028813 (दुबई)
+601161841394 (मलेसिया)
+9779811562593 (नेपाल)
9847233708 माया राना (रेमी)
9847152156 सुनिल भुजेल (बुटवल)
9860438857 पुस्पा पुन (काठमाडौं)

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D