एउटा यस्तो मृत्‍यु जुन आफ्नै छोरालाई ढाँटेर अन्त्यष्ठी गरिँदै छ

प्रेम सुनार
गुल्मी, साउन २९ । गुल्मीमा मंगलवार विहान अहिले चलिरहेको एसईई पुरक परिक्षा केन्द्रको गेट भित्र छोरालाई पुराएर बाईबाईको हात हल्लाएका बाबु उति खेरै ढलेर सधैका लागि बिदा भएका छन ।

सदरमुकाम तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयको परिक्षा केन्द्रमा छोरा कृष्पन श्रेष्ठलाई पुराएर फर्किने क्रममा उति खेरै भुईमा ढलेका रुरु गाउँपालिका वडा नम्वर–१, रिडी बजारका ५५ बर्षिय कृष्णमान श्रेष्ठ हृदयघातका कारण सधैका लागि यो संसारबाट बिदा भएका हुन ।

उनी गत चार दिन देखि छोरालाई परिक्षा दिन तम्घास आएका थिए । छोरालाई परिक्षा केन्द्रमा पुराउनु अघि सम्म तम्घास वालमन्दिर लाईनमा रहेका उनका आफन्त गणेश श्रेष्ठ लगायत संग बसेर चिया पिउँदै भलाकुसरी गर्दै थिए श्रेष्ठले । श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी रुरु–१, वडा कमिटीका सदस्य थिए ।

उनको शव अब केहि वेर पछि सदरमुकाममा रहेका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले उनको घरमा लगेर रिडीमा अन्त्यिष्टि गर्न जान लागेको साविक एमालेको युवा संघ नेपालका पुर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए । छोरालाई परिक्षा नसकिने बेला सम्म जानकारी दिईएको थिएन । परिक्षा सकिए लगत्तै बाबु विरामी परेर पाल्पा लगिएको छ भनेर ढाँड्दै लगिएको भण्डारीले जानकारी दिए ।,

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ