जिल्ला समाचार

उपचार गर्ने खर्च अभावमा गुल्मीकी सुनार डेढ बर्षदेखि दाम्लोमा बाँधिएर मृत्यु कुर्न वाध्य

मनोज कार्की
गुल्मी, जेठ २४ । कठै बरा भगबान्ले पनि के के बरदान दिन्छन्न् मानिसलाई । कसैलाई जिन्दगी भर हर्ष र खुशी मात्र, कसैलाई आशु र पिडा मात्रै । भगवानको पनि के लिला हो यो । बारम्बार भगवान संग प्राथाना गर्दै आशु नै आशुमा दिन रात बिताईरहेकी छन् उनी । उनी अर्थात गुल्मी मालिका गाउँपालिका वडा नं सात टुनिखोलाकी कमला सुनार ।

दिनभर ज्याला मजदुरी गरेर जिविको पार्जन गर्ने सुनारको कथा ब्याथा निकै दयनिय छ । आर्थिक अबस्था कमजोर भएकै कारण मृत्युलाई कुर्दै सुरज सुनारकी श्रीमती कमला सुनार पशु जस्तै दाम्लोमा बाँधिएर दिन कटाई रहेकी छन् । तर यस्ता किसिमका दु:ख र रोग यिनलाई मात्र नभई संसारका केहि मान्छे पर्दै, भोग्दै र देख्दै आएका छन् । तर यि टुनिखोलाकि कमलाको कथा थप दर्दानक छ । सुनार आाफ्ना इच्छाले चाहेर पनि रोगलाई निको पार्ने औषधी किन्न नसकेपछि घरको दैलोमा बाँधिएकी छन् । श्रीमान् सुरजले आखाँ भरी आशु झार्दै भने, “आर्थिक अबस्था कमजोर भएकै कारण मेरी श्रीमती मृत्युलाई कुर्दै दाम्लोमा बाँधिन बाध्य भएकी छन्, तर म यस्तो दृश्य हेर्न पनि नसक्दा हेर्न बिबश छु ।”

तिनको घरमा गई परिवार र उनलाई हेर्दा आशु नरसाउने त को नै होला र ? सुनारले आर्थिक अबस्था नाजुक भएकै कारण आाफ्ना सन्तानलाई पनि राम्रो शिक्षा दिक्षा दिन सकेनन् । शिक्षा नभएकै कारण आज कहिले भारत त कहिले नेपाल भएका छन् । “बरु म एक छाक खाएर जीबन निर्वाह गर्थेँ तर मेरो श्रीमतीले उपचार पाई निको भईदियोस”, सुनारले गुल्मीन्युजसँग भने, “सबैको सहयोग पाई उसलाई बचाउन सकेमा जिन्दगीको सबै खुशी मिलेको अनुभव हुन्थ्यो ।”

सुनारको उपचारको लागि २०७६ सालमा भैरहवामा करिब २ लाख खर्च भएको थियो । फेरी पैसा नभएकै कारण औषधिलाई निरन्तरता दिन नसक्दा रोग फेरी फर्किएको परिबारको भनाई छ । छोरीहरुको बिबाह भईसकेको छ तर कमाउन गएका छोरा आमा बिमारी भएकै कारण घर फर्कन बाध्य भएका छन् । यस्तो परिवारको समस्या स्थानियले देखेपछि संचारकर्मी सुमन पन्थीलाइ खबर गरि मिडियाको सहयोग मागे । पन्थीले आफ्नो युटुब च्यानलबाट उनको कथा ब्याथा राखिदिएपछि केहि देश बिदेशबाट सहयोग मिल्न थालेको छ । कमलाको मनासिक सन्तुलन गुमेका कारण १ बर्ष सम्म बिस्तारामै छिन् ।

पत्रकार मनोज कार्कीको पहलमा गुल्मी घमिरबाट रोजगारिको लागि ओमनमा रहेका बिजय परियारको आर्थिक सहयोगमा २५ केजि चामल ,२ केजि दाल ,३ साबुन, १ पोका नुन,२ पोका तेल , आधा केजि चिनी र चिया सुमन पन्थी,मनोज कार्की , वडा नं ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले खाध्यान्न बितरण गरिएको हो । केहि दिन अगाडि आफै सुमन पन्थीले पनि खाध्यन्न गरेका थिए । सुनारकी श्रीमतीको उपचारको लागि आफुले सक्दो सहयोग गर्ने र देश बिदेश बासिले ,पनि आ आफ्नो ठाउँबाट सक्दो सहयोग गरि उनको उपचार गरिदिन अपिल गरेका छन् ।
सुनारले आफ्नी श्रीमतीको हाल सम्म नागरिकता नबनाईदिएकाले आबश्यक कागजपत्र वडा बाट मिलाईदिने भन्दै वडा कार्यलयमा आउनको लागि वडा अध्यक्ष पन्थीले आग्रह गरे । यदि सहयोग गर्ने चाहानुहुने महानुभबले मनोज कार्की ९८५७०६७७३८ र सुमन पन्थी ९८६७३९३८७३ फोन गर्न सक्नुहुने छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker