जिल्ला समाचार

उजुङबासीको पानी प्यास मेटियो: इस्माका २ सय ८४ घरमा ‘एक घर एक धारा’

गुल्मी, १७ पुस । गुल्मीको इस्मा गाउँपालिका १ उजुङमा खानेपानीले खुसी ल्याएको छ । उजुङबासीले सदियौदेखि खानेपानीको चरम संकट भोगे । भु–भागनै उच्च भएका कारण खानेपानीका मुल नजिक थिएनन् । घण्टौ हिडेर पधेँरा र खोला पुग्थे । कैयौका जीवन पानीको अभाव र पीडामै बिते । पानीका कारण उजुङमा झठ्ठ छोरी नदिने कथन गर्ने पाको पुस्ता अझै छन् । सोहि गाउँमा अहिले ठुलो खानेपानी आयोजना निर्माण गरिएको छ ।

दुन्दुरखोला–हर्पुकोट लिफ्ट खानोपानी आयोजनाको पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरे । ‘जमनामा खाना खाएर हात धुने पानी थिएन । धमिलो पानीका लागि आमा दिदिबहिनीले शारिरीक तथा मानसिक कष्ट खेपे,’उनले भने,‘घर छेउँमा पानी आउँदा सवैलाई अहिले बिगतको दुख कथा जस्तै भएको छ ।’ यो आयोजना मार्फत दुई सय ८४ घरमा ‘एक घर एक धारा’पुगेको छ ।

यो आयोजना ०७० सालबाट निर्माण सुरु गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुज उपाध्यायले जानकारी दिए । अहिलेसम्म करिव चार करोड खर्च भएको छ । नेपाल सरकारको तीन करोड १६ लाख ४१ हजार र स्थानीय तह र उपभोक्ताको जनश्रमदान ७९ लाख ३६ हजार दुई सय ६१ गरेर कुल तीन करोड ९५ लाख ७७ हजार दुई सय ६६ रुपैयाँ खर्च भएको उपाध्यायले बताए । उनले आयोजना व्यवस्थित बनाएर उपयोग गर्न उपभोक्तालाई सुझाव दिए । प्रविधिले खोलाको पानी डाँडोमा आएकाले निगरानी, सरसफाई र मर्मत संभार नभए समस्या हुने भएकाले राम्रो व्यावस्थापकीय पक्षमा ध्यान दिन उपाध्यायले आग्रह गरे ।

खोलाबाट दुई तहमा पानी तानेर डाँडोमा पुराइएको छ । इन्टेक एक, रिजभ्र्वार एक लाख लिटरको तीन वटा, २० हजार लिटरको दुई गरेर पाँच टयांकी निर्माण गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयकाका सव–इन्जिनीयर गौरव भण्डारीले जानकारी दिए ,। ट्रान्समिसन लाइन १.६४ किमी, वितरण लाइन २२.८८ किमि, पम्प हाउस दुई, सबमरसिवल पम्प र प्यानेल बोर्ड दुई÷दुई वटा, ट्रामिटर ५० केभीका दुई वटा जडान गरिएको भण्डारीले बताए ।

गाउँपालिकाले घर–घरमा पानीका मिटर वितरण गरेको छ । पानीलाई अझै सर्वसुलभ बनाउने र मर्मत तथा व्यावस्थापनमा स्थानीय तहले सहजीकरण गर्ने इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । घरघरमा पानी पुगेपछि स्थानीय खुसी भएका छन् । स्वभाविक जीवनमा परिवर्तन आएको छ । इस्मा गाउँपालिका १ हस्तिचौरका टीका बहादुर कुवंरले कल्पना पनि गरेका थिएनन् । किनकी ७५ बर्षको उमेरसम्म खानेपानी बोकेर खाए ।

पधेँरा र खोलाका सास्ती र लडाइँ ब्यहोरेर घर छेउमा पानी खस्दा जुग फेरिएको महसुस भएको कुवंरले बताए । ‘पुरै बिहान र आधा रात एक खेप पानीमा बित्थे । घरमै पानी खसेको देख्ने कल्पना पनि थिएन,’उनले भने,‘ढाड पलाएका छन्, मनहरु खुसी छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D