जिल्ला समाचार

ईस्मा रातचौरका ४२ घरमा खानेपानीका धारा, रेडक्रसले पानी दिएपछी स्थानीयमा खुसीयाली

रमेश विश्वकर्मा
गुल्मी, भदौ ३ । विगत लामो समयदेखी खानेपानीको चरम अभाव खेप्दै आएका इस्मा गाउँपालिका २ रातचौरका ४२ घरपरिवारमा खानेपानी आयोजना सञ्चालनमा आएपछि खुसीयाली छाएको छ । नेपाल रेडक्रस शोसाइटीको विपद उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रम मार्फत एक घर एक धारा आयोजना सञ्चालनमा आए सँगै स्थानीय खुसी भएका हुन् ।

१२ लाख ४० हजार ६ सय ३ रुपैयाँको कुल लागतमा बेदादी सामुदायिक विपद् व्यवस्थापन समिति मार्फत राताचौर खानेपानी आयोजना सञ्चालनमा आएको हो । नेपाल रेडक्रस शोसाइटीको विपद् उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रमबाट ९ लाख ४८ हजार ३ सय ४६ र समुदायको योगदानबाट २ लाख ९२ हजार २ सय छ रुपैयाँ लागतमा आयोजना सञ्चालनमा आएको बेदादी सामुदायिक विपद् व्यवस्थापन समितिका सचिव लोकनाथ आचार्यले जानकारी दिए । योजना सञ्चालनमा आएसँगै यहाँका ४२ घर धुरीमा खानेपानीको सहजता भएको छ । ‘पहिले–पहिले खोलामा पुगेर पानी बोक्नुपथ्र्यो, केटाकेटीहरुले पानी बोक्दा स्कूल जान पाउँदैन्थे, अहिले सजिलो भएको’ स्थानीय गौमती कुमालले बताइन् । उनले निकै हर्षित मुद्रामा भनिन् ‘केटाकेटी समयमै स्कूल जान पाएका छन् । समयको बचत भएको छ ।’

यतिबेला उनी आफ्नो आगनमा पानीको धारो आएपछि खुसी छिन् । उनलाई पहिले जस्तो खानेपानीको जोहो कै लागि एक बिहान बिताउनु पर्दैन । प्रत्येकका घर–घरमा पानीको धारा पुगेको छ । पानीले छ्याल–ब्याल भएको छ, दुःख पनि गरियो स्थानीय कुलबहादुर कुमालले भने । अहिले घरमै पानीको धारा आएपछि खानेपानीको समस्या टरेको उनले बताए । यस वडामा सिमान्तकृत कुमाल समुदायको बसोबास रहेको छ । यहाँ अहिले प्रत्येकका घर–घरमा खानेपानी धारा सजिएका छन् । ‘बिहान उठेपछि घरको एक जनालाई त घैटो बोकेर पधेँरामा धाउँनुपथ्र्यो, समय पनि धेरै लाथ्र्यो फत्तबहादुर कुमालले भने ।’ पानीको समस्याले नियमित कामलाई पनि प्रभाव पारेको थियो, अहिले धेरै सहजता आएको उनले बताए । खानेपानीको समस्याको निकास खोज्न स्थानीयले जनप्रतिनिधीलाई धेरै पटक गुहारे पनि सुनुवाई नभएको बेदादी सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर कुमालले गुनासो गरे । उनले थपे ‘खानेपानी ल्याउन स्थानीय पनि एकजुट भयौं, रेडक्रसको सहयोग रÞयो, अहिले स्थानीय निकै हर्षित छौँ ।, रेडक्रसको सहयोग उल्लेखीय रहेको उनले बताए ।’ खानेपानी आयोजनाको संरक्षणका लागि स्थानीय सरकारलाई सहयोगका लागि आग्रह समेत गरेको अध्यक्ष कुमालले बताए । खानेपानी आयोजनाको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

नेपाल रेडक्रस शोसाइटी जिल्ला शाखा गुल्मीका सभापति अनुपकुमार श्रेष्ठले खानेपानी आयोजनाको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गदै सभापति श्रेष्ठले नेपाल रेडक्रसले पुलको काम गरेको बताए । रेडक्रसले स्वास्थ्य सम्बन्धी पनि सहयोग गर्नुपर्छ भन्ने नीति लिएर सबैभन्दा महत्वपूर्ण स्वच्छ पानीका लागि स्थानीय सरकारको एक घर एक धारा नीतिलाई सहयोग गर्ने गरी खानेपानी आयोजना सम्पन्न गरिएको उल्लेख गरे । नेपाल रेडक्रस शोसाइटीका केन्द्रीय कार्यालयका व्यवस्थापक भोजराज घिमिरे, नेपाल रेडक्रस शोसाइटी गुल्मीका कार्यक्रम अधिकृत डिबी पछाईले योजनाको दिर्घकालिन प्रयोगका लागि संरक्षण तर्फ ध्यान पु¥याउन आग्रह गरे । कार्यक्रममा इस्मा गाउँपालिका १ का वडाअध्यक्ष चुराबहादुर खत्री, वडा २ का वडा अध्यक्ष टीकाबहादुर रेश्मी लगायतले नेपाल रेडक्रस शोसाइटीले गरेको कार्य उदाहरणीय रहेको बताए । कार्यक्रम समितिका अध्यक्ष यमबहादुर कुमालको अध्यक्षता, सदस्य प्रेमलाल मरासिनीको स्वागत, सचिव लोकनाथ आर्चायको सञ्चालनमा कार्यक्रम भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D