जिल्ला समाचार

ईस्मामा बौद्ध गुम्बा निर्माण, तमु ल्होसारको अवसर पारेर उद्घाटन

टोपलाल अर्याल
गुल्मी, १५ पुस गुल्मीको । इस्मा गाउँपालिका ४ दोहली कल्यारमा बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध गुम्बाको इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले उद्घाटन गरे । गुरुङ्ग समुदायको महान पर्व तमु ल्होसारको अवसरमा गुम्बाको उद्घाटन गरिएको हो ।

गुम्बामा बुद्धको ठुलो मुर्ति स्थापना गरिएको छ । अहिलेसम्म करिव २५ लाखको लागतमा बौद्ध गुम्बा निर्माण गरिएको तमु समाजका सचिव ठग बहादुर गुरुङ्गले बताए । तीन दिनसम्म बौद्ध लामा जीबन गुरुङ्ग र बुद्ध लामाले गुम्बामा प्रवचन गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका प्रमुख बिष्टले पर्यटन विकासको लागि गाउँपालिकाले पर्यटकीय क्षेत्र देउराली–कल्यारको गुरुङ्ग समुदाय र बौद्ध गुम्बालाई संगसंगै लैजाने बताए । त्यसको लागि थुप्रै संरचना निर्माणको काम अझै बाँकी भएकाले आउने बर्ष आवश्यक बजेट बिनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

इस्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष गनुप्रसाद अधिकारीले बिगतका समेत गुरुङ्ग समुदाय र बौद्ध गुम्बा निर्माणमा वडादेखि पालिकाबाट सहयोग गरिएको बताउँदै अझै आवश्यक योजना र बजेट बिनियोजन गर्न आफ्नो वडा कार्यालयले सहयोग गर्ने बताए । त्यस्तै वडा नं १ का वडाध्यक्ष चुरा बहादुर खत्रीले जनजाति समुदाय कला र संस्कृतिमा अब्बल भएकाले त्यसको उचित संरक्षण र प्रचारप्रसार मार्फत पर्यटन व्यावसाय अगाडी बढाउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस इस्मा गाउँपालिकाका सभापति चन्द्र बहादुर महतले हिन्दु र बौद्ध धर्ममा विभेद नभएकाले बौद्ध गुम्बा निर्माण सवै समुदायलाई अझै एकताबद्ध बनाउने आशा व्यक्त गरे । स्थानीय समाजसेवी जग बहादुर गुरुङ्गले गुम्बाको आवश्यकता र गुरुङ्ग समुदायको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा मुर्ति स्थापना गर्न र कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । साथै कुर्चिदौड प्रतियोगीतामा उत्कृष्ट तिला गुरुङ्गलाई अतिथीहरुले नगद र प्रमाण पत्रद्धारा सम्मान गरेको तमु समाजका सदस्य कमल गुरुङ्गले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D