gulminews logo
शनिबार, २०८१ बैशाख ८

इस्मा नयाँपोखरामा दुई दिने आँखा उपचार शिविर शुरु

टोपलाल अर्याल

गुल्मी, २ बैशाख। इस्मा गाउँपालिका ३ दर्लामचौरको नयाँपोखरामा दुई दिने आँखा अप्रेशन शिविर शुरु भएको छ । इस्मा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघको प्राबिधिक सहयोगमा शिविर आज र भोली दुई दिन संचालन हुनेछ । आज चार सय ३० जनाले आँखा जाँच गराएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्र प्रसाद भुसालले बताए । त्यसमा ४५ जनाको आँखाको अप्रेशन गर्नुपर्ने देखिएको छ ।

सोमबार मोतियाबिन्दु भएकाहरुको अप्रेशन गरिने छ । शिविरमा करिव ७० प्रतिशित महिलाले आँखा जाँच गराएका छन् । गाउँपालिकाले आँखाको परिक्षण, मोतिया बिन्दुको अप्रेशन तथा जेष्ट नागरिकलाई चश्मा निशुल्क वितरण गर्ने संयोजक भुसालले बताए । इस्मा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष तोयनाथ सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । साथै गाउँपालिका उपप्रमुख बिमला खत्री, प्रमुख प्रसासकीय अधिकृत सरोज पोखरेल, नेपाल नेत्र ज्योतिसंघका कार्यालय प्रमुख सुर्य बहादुर बस्नेत लगायतको उपस्थिती रहको थियो ।

यो बर्ष इस्मा गाउँपालिकाले चारवटा बृहत निशुल्क स्वास्थ्य शिविर गर्ने लक्ष्य राखेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज पोखरेलले बताए । जसअनुसार तीन वटा शिविर सकिएका छ्न । यस अघि इस्मा गाउँपालिका वडा न ५ इस्मा रजस्थलमा निशुल्क पाठेघर सम्बन्धि शिविर सम्पन्न भएको थियो । इस्मा गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा संचालन भएको शिविरमा दुई सय १२ जना महिलाले पाठेघरको चेक जाँच गरेका थिए । त्यस्तै वडा न ६ को अम्मरपुरमा महिला, हाडजोर्नी तथा सामान्य चिकित्सा सहितको स्वास्थ्य शिविर सम्पन्न भएको पोखरेलले बताए ।

शिविरमा झन्डै एक हजार जनाले सेवा लिएका थिए । त्यस्तै इस्मा गाउँपालिका १ को हस्तिचौर स्वास्थ्यचौकीमा एकदिने पाठेघर सम्वन्धी निशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न भएको छ । इस्मा गाउँपालिकाको आयोजना तथा रेसुङा अस्पतालको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा एक सय ८१ जना महिलाले पाठेघरको परिक्षण गरेको गाउँपालिकाका स्वास्थ्थ सहसंयोजक गोकर्णराज थापाले जानकारी दिए । शिविरमा ७१ जनाले अल्ट्रासाउण्ड गरेका छन । भने १२ जनाको पाठेघरको अप्रेसन गर्नु पर्ने भएकाले रेसुङा अस्पतालमा रेफर गरिएको थापाले बताए । चार जना महिलाको पाठेघर बाहिर आएकाले रिङ प्रेसरी राखिएको छ ।

इस्मा गाउँपालिकाका नागरिकको स्वास्थ्य समस्या प्रती आफू थप संबेदनसिल भएका कारण अहिले शिविरहरु र आगामी दिनमा थप योजनाका साथ अगाडी बढ्ने गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले बताए । यो बर्ष गाउपालिकाले दुई स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेको छ । गाउपालिकाको वडा न ४ को विकट स्थान कोटकोटेरी र वडा न २ को छल्दी पनाहमा केन्द्र स्थापना गरि सेवा संचालन भैरहेको गाउँपालिकाका प्रबक्ता गनु प्रसाद अधिकारीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D