जिल्ला समाचार

इस्मा गाउँपालिका स्तरिय हाजिर जवाफ सम्पन्न

टोपलाल अर्याल
गुल्मी, १३ माघ । इस्माली समाज काठमाण्डौको आयोजनामा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । इस्मा गाउँपालिका ६ अम्मरपुरमा इस्मा गाउँपालिका मावि स्तरिय हाजिर जवाफ प्रतियोगीता सम्पन्न भएको हो ।

गाउँपालिकाका हिमालय मावि, पालुखा मावि, देविस्थान मावि, ठाढुङ्गा मावि, रामराज्य मावि, अम्मरपुर ओम प्रसाद गौतम मावि र आनन्दपुर मावि गरि सात वटा माविकाबिच निकै प्रतिस्प्रर्धा भएको थियो । जसमा आनन्दपुर मावि इस्मा गाउँपालिका ५ रजस्थलले प्रथम स्थानसहित यो बर्ष पनि रनिङ्गशिल्ड आफ्नै कव्जामा पारेका छ ।

त्यस्तै देस्थिान मावि इस्मा गाउँपालिका २ ले द्धतिय स्थान हात पारेको समाजका कोषाध्यक्ष शिव खड्काले बताए । प्रतियोगीतामा रामराज्य मावि इस्मा गाउँपालिका ३ दोहली तृतिय भएको छ । प्रथम हुने आनन्दपुर माविले नगद पाँच हजार, प्रमाणपत्र र रनिङशिल, द्धतिय हुने देविस्थान माविले नगद तीन हजार र प्रमाणपत्र साथै तृतिय हुने रामराज्य माविले नगद दुई हजार र प्रमाणपत्र प्राप्त गरेको खड्काले बताए ।

सहभागी बिद्यालयहरुलाई सहभागीताको प्रमाण पत्र प्रदान गरिएको थियो । बिजयी बिद्यालयका बिद्यार्थीहरुलाई प्रमुख अतिथी गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र समाजका अध्यक्ष दामोदर भण्डारीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रम समाजका अध्यक्ष भण्डारीको अध्यक्षता, गाउँपालिका प्रमुख बिष्टको प्रमुख आतिथ्यता र समाजका कोषाध्यक्ष खड्काको संचालनमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D