इस्मा गाउँपालिकामै नागरिता बनाउने अवसर

टोपलाल अर्याल
गुल्मी, २३ साउन । इस्मा गाउँपालिकाबाट श्रावण २४ र २५ गते नागरिता वितरण हुने भएको छ । इस्मा गाउँपालिकाका कार्यकारी अधिकृत सरोज पोख्रेलका अनुसार बर्खाको बेला सदरमुकाम पुगेर नागरिकता वनाउन असहज हुने तथा स्थानीय तहबाटै फोटो सहितको नामवली संकलन भइरहेकाले सहज बनाउन गाउँपालिकामै दुई दिने शिविर राखिएको हो । जसले मतदाता नामावली संकलन कार्यलाई समेत प्रत्यक्ष फाइदा पु¥याउने छ ।

नागरिकताको प्रमाणपत्र नभएका, १६ वर्ष उमेर पुगेका इस्मा गाउँपालिका भित्रका नागरिकलाई यो अवसर नगुमाउन पोख्रेलले आग्रह गरे । नागरिता वितरण गर्न जिल्ला प्रसासन कार्यालय गुल्मीका प्रसासकीय अधिकृत रामचन्द्र पन्थीको नेतृत्वमा पाँच जनाको टोली इस्मा पुगिसकेको छ । फोटो सहितको मतदाता नामावली संकलन कार्य गाउँपालिकाबाट भैरहेको छ ।

यस्ता शिविरहरु संयोग र बिशेष परिस्थीतिमा मात्र हुने भएकाले उमेर पुगेका तर नागरिता बनाउनबाट बञ्चित भएकाहरुलाई उपस्थित गराईदिन इस्मा गाउँपालिकाले सवैलाई आग्रह समेत गरेको छ । शिविर बिहान ८ बजेबाट साँझ ५ बजेसम्म संचालन हुनेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ