gulminews logo
शनिबार, २०७९ जेष्ठ ७

इस्मा गाउँपालिकामा राहत वितरण सुरु, रजस्थलको घरघरमै पु¥याँइदै

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

टोपलाल अर्याल
गुल्मी, ३० चैत। कोरोना संक्रमणको कारण लक डाउनको समय बढ्दै गएपछि विपन्न परिवारमा खाद्य संकट देखिन थालेको छ । केन्द्रिय सरकारको निर्देशन अनुसार स्थानीय तहहरुले बिपन्न परिवारको लगत संकलन गर्ने र राहत वितरण गर्ने कार्य गरिरहेका छन् । पहिलो चरणमा लगभग अब सवै स्थानीय तहले राहत वितरण सम्पन्न गर्न थालेका छन् ।

जिल्लाको इस्मा गाउँपालिकाले पनि शनिबार इस्मा गाउँपालिका ३ दर्लामचौरबाट राहत वितरण सुरु गरेको थियो । दर्लामचौरले आइतबार १ सय ९६ परिवारलाई राहत वितरण गरेको वडाध्यक्ष तोयनाथ शर्मा सापकोटाले जानकारी दिए । करिव २ सय परिवारका ८ सय ३२ जना राहतबाट लाभाम्बित बनेको छन् । दर्लाचौरमा चार हजार ८ सय ८५ किलो चामल, ३ सय ३५ किलो दाल, १ सय ८७ लिटर खाने तेल, १ सय ९६ किलो नुन, ८ सय २२ किलो आलु र ३ सय २२ पिस सावुन वितरण गरिएको सापकोटाले बताए ।

इस्मा गाउँपालिका ५ इस्मा रजस्थलले बिपन्न परिवारको घरघरमै लगेर राहत वितरण थालेको छ । वडा कार्यालयबाट वितरण गर्दा टाढाका परिवारहरुलाई गाह्रो हुने भएकाले टोलमै पुराएर थप राहत प्रदान गरिएको वडाध्यक्ष कलानिधी भण्डारीले बताए । आइतबार इस्मा रजस्थलको रातामाटा, चाँपचारी, रोदि, जैतिखोला, काउछे र कपासेका ७२ घर बिपन्न परिवारलाई राहत वितरण गरिएको भण्डारीले जानकारी दिए । अन्य विपन्न परिवारलाई पनि टोलमै पुगेर राहत वितरण गरिनेछ । बिपदको बेला घरमै राहत सामग्री पाएपछि स्थानीय खुसी भएका छन् । इस्मा रजस्थलमा २ सय १ परिवारले राहत पाउने छन् । जसका ७ सय ७२ घर लाभाम्बित हुने वडा सचिव शेर बहादुर खड्काले बताए । वडाका सवै विपन्न परिवारलाई ४ हजार ६ सय ५ किलो चामल, ३ सय १६ किलो दाल, १ सय ९४ लिटर तेल, २ सय १ किलो नुन, ८ सय ९ किलो आलु र ३ सय ११ पिस सावुन वितरण गरिने खड्काले जानकारी दिए ।

इस्मा गाउँपालिका वडा नं ६ ले पनि राहत वितरण सुरु गरेको छ । वडा नं ६ का १ सय ९७ परिवारका ७ सय २८ जना राहतबाट लाभाम्बित हुने वडाध्यक्ष हिरा बहादुर जिसीले बताए । अम्मरपुरमा ४ हजार ४ सय २५ किलो चामल, २ सय ९८ किलो दाल, १ सय ८८ लिटर तेल, १ सय ९७ किलो नुन र ७ सय ९३ किलो आलु र ३ सय ७ पिस सावुन वितरण गरिने वडाध्यक्ष जिसीले बताए ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D