जिल्ला समाचार

इस्मा गाउँपालिकाद्वारा अबैध मदिरा नष्ट

हुमाकान्त पोखरेल
गुल्मी, बैशाख १३ । गुल्मीको इस्मा गाउँपालिकाले गत साउनदेखि फागुनसम्म बरामद गरेको मदिरा नष्ट गरेको छ । प्रतिबन्धित पलाष्टिक जन्य मदिरा (मौसम रेड, कर्णाली गोल्ड, लिची, जुनकिरी, जलजला, किसान, शालिमार, स्पेशल सोफी) गरेर १ सय ५५ कार्टुन मदिरा नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले जनाकारी दिए ।

त्यस्तै इजाजत बिना राखिएको ४ कार्टुन बियर, बर्फि सिसा, बर्फि डायमण्ड र सिसा ब्ल्याक गरेर ९ कार्टुन नष्ट गरिएको छ । घरेलु मदिरा २ सय ८० लिटर, मदिरा बनाउने कच्चा पदार्थ ४ सय ५० किलो नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताए । सवै मदिराको खरिद मुल्य करिब ४ लाख रहेको छ । मदिराको कारण गाउँमा घरेलु हिंसाका साथै हत्या, आत्महत्या, बलात्कार लगायत अपराधका घटनामा बृद्धि भएपछि गाउँपालिकाले ०७५ सालबाट कार्यबिधी निर्माण गरेर मदिरा नियन्त्रण अभियान थालेको थियो ।

गाउँपालिकामा इजाजत बिना मदिरा बिक्री बितरणमा रोक लगाइएको छ । घरेलु तथा प्लाष्टिकजन्य सवै मदिरालाई उत्पादन, सेवन र बिक्री वितरणमा रोक लगाइएको गाउँपालिकाका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मदिरा सेवन र बिक्री वितरण गर्न पाइदैन् । कार्यबिधी उल्ङघन गरे उत्पादन तथा बिक्री वितरण गरे ५ हजार र सेवन गरे पहिलो पटक १ हजार जरिवाना गरिने उपप्रमुख खत्रीले बताइन् ।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, प्रहरी, राजनैतिक दल, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय व्यापारी र पत्रकारको रोहबरमा मदिरा नष्ट गरेको छ । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले आफुहरुको अभियानले मदिरा कारण हुने पारिवारीक बिचलन, अपराध, सामुदायीक न्यूनिकरण गर्न केही हदसम्म आफुहरु सफल भएको बताए । उनले उपप्रमुखले मदिरा नियन्त्रणको नेतृत्व गरे पनि सबैको सल्लाह र सुझावमा अभियान अगाडी बढाएकोले व्यक्ति बिशेषलाई तारगेट गराउन नहुनेमा जोड दिए ।

नेपाली कांग्रेस इस्मा गाउँपालिका सभापति चन्द्र बहादुर महतले जनप्रतिनिधि स्वयंम नै गैरजिम्मेवार र स्थानीय सरकार पक्षकै दलका नेताहरुको असहयोगका कारण गाउँपालिकाले मदिरा नियन्त्रणमा सोचे अनुसारको काम गर्न नसकेको बताए । उनले अहिलेसम्म मदिरा नियन्त्रणमा गरिएका सवै प्रयत्न समुदाय र नागरिकका लागि सकारात्म भएकाले आफुहरुको पूर्ण साथ रहेको प्रतिक्रिया दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D