जिल्ला समाचार

इस्मा गाउँपालिकाद्धारा शिक्षा र स्वास्थ्यका सवालमा छलफल

टोपलाल अर्याल
गुल्मी, २३ साउन । आइतबार बिषयगत कार्यालयसंग अन्तरक्रिया गरेको इस्मा गाउँपालिकाले सोमबार गाउँपालिका भित्रका स्रोत व्यक्ति, बिद्यालय व्यावस्था समिति अध्यक्ष, बिद्यालयका प्रध्यानाध्यापक र स्वास्थ्यचौकी इन्चार्जहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ । उनीहरुसंग इस्मा गाउँपालिकाको वर्तमान शिक्षा र स्वास्थ्यको अवस्था र भावी कार्यायोजनाको बारेमा छलफल गरिएको हो ।

कार्यक्रममा स्रोत व्यक्ति, बिद्यालय व्यावस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापकहरुले बिद्यालयको व्यावस्थाकीय तथा भौतिक पक्ष, शैक्षिक गुणस्तरको स्थिती र आगामी निति तथा योजना कस्तो बनाउने भन्ने बिषयमा सुझाव राखेका थिए । साथै स्वास्थ्यचौकी इन्चार्जहरुहरुले आफ्नो कार्यक्षेत्रभिको स्वास्थ्य अवस्था कार्यालय र औषधी व्यावस्थानको बारेमा जानकारी गराएका थिए । साथै आगामी निति तथा कार्यक्रमको लागि पनि सुझाव पेश गरेका थिए ।

सोहि अवसरमा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र कार्यकारी अधिकृत सरोज पोख्रेलले शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासबिना समाज विकास नहुने भएकाले दत्तचित्त भएका काममा लाग्न सवै कर्मचारी एवं शिक्षकहरुलाई निर्देशन दिनुभयो । शिक्षक र कर्मचारीहरुले राजनितीलाई भन्दा पेसालाई प्रमुख बिषय बनाएर अगाडी बढ्न बिष्ट र पोख्रेलले आग्रह गरेका थिए । साथै अव स्वास्थ्य संस्थाहरु १० देखि ५ बजेसम्म नै खोल्नुपर्ने, कार्यालय समयमा निजि क्लिनिकमा बस्न नपाइने जस्ता कुराहरुलाई कडाईका साथ पालना गर्न निर्देशन दिएको अधिकृत पोखे्रलले बताए ।

अब जुनसुकै बेला पनि अनुगमन गरिने भएकाले नियम र परिधीभन्दा बाहिर रहेको फेला पारेका तत्काल कारबाहि गरिने उनले बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker