जिल्ला समाचार

इस्मा गाउँपालिकाको केन्द्र नेकपा गुल्मीले टुङ्गो लगायो

अनिल खत्री
३२ साउन, गुल्मी । इस्मा गाउँपालिकाको केन्द्र नेकपा गुल्मीले टुङ्गो लगाएको छ । स्थानीय तहको गठन भएको लामो समय बित्दा इस्मा गाउँपालिकाको केन्द्रको बिषयमा बिवाद हुँदै आएको थियो ।

गाउँपालिकाले पटक–पटक केन्द्रको बिषयमा छलफल गर्दा पनि केन्द्रको बिषयमा सहमती जुटाउन सकेको थिएनन् । तत्कालिन समयमा गाउँपालिकाको केन्द्र तोकिएको वडा नम्बर–५ को चापटारीमा बिवाद भएपछि लामो समयसम्म केन्द्र बिवाद बल्झीदै आएको थियो ।

केहिले गाउँपालिकाको केन्द्र अस्थायी रुपमा रहेको रजस्थल लगायत माथिल्लो ठाउमा राख्नु पर्ने इच्छाका कारण बिवाद टुङ्गो लागेको थिएनन् । नेकपा गुल्मीको जिल्ला पार्टी कार्यालय गुल्मीका बसेको बैठकले गाउँपालिकाको केन्द्र वडा नम्बर–५ को आम्बोटदेखी वडा नम्बर–१ को छिनुवासम्म डेढ किलोमीटरको दुरिमा राख्ने गरि तय गरिएको नेकपा गुल्मीका सचिव बिरबहादुर कार्कीले जानकारी दिए ।

धेरै लामो बहस छलफलपछि अन्य विकल्प नभएकोले यो निर्णय गरिएको नेकपा गुल्मीले जनाएको छ । जिल्ला पार्टी कमिटीले गरेको प्रस्तावलाई इस्मा गाउँपालिकाको पार्टी कमिटी, वडा कमिटीका अध्यक्ष, सचिव, निर्वाचित वडा अध्यक्ष, इस्मा गाउँपालिका भित्रका जिल्ला कमिटी सदस्यहरु, जिल्ला पार्टीको कार्यालय, प्रदेश तथा केन्द्रीय नेताहरुको उपस्थितिमा सम्पन्न बैठकबाट यो निर्णय सर्वसम्मत रुपमा गरिएको नेकपा गुल्मीका सचिव कार्कीले जानकारी दिए ।

जिल्लामा २ नगरपालिका र १० गाउँपालिका मध्ये इस्मा गाउँपालिकाको केन्द्रमा मात्रै बिवाद रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D