जिल्ला समाचार

इस्मा गाउँपालिकाकाे अम्मरपुरमा स्वर्गीय कुँवरप्रति नेपाली काङ्ग्रेसको शाेक सभा सम्पन्न

गुल्मी, २२ पुष । नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका वडा नम्बर ६ वडा कार्यसमितिकाे आयोजनामा शाेक सभा कार्यक्रम गरिएको छ । नेपाली काङ्ग्रेस गुल्मीकी जिल्ला सदस्य तथा नेपाली काङ्ग्रेस उत्तर भारत अध्यक्ष सुनिता जिसीकी सासुआमा इस्मा गाउँपालिका ६ अम्मरपुर निवासी ८१ वर्षीया उजेला कुँवरकाे निधनप्रति नेपाली काङ्ग्रेस अम्मपुर वडा कार्यसमितिले शाेक सभा कार्यक्रम गरेको हो ।

शाेक सभा कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले स्वर्गीय उजेला कुँवरसहित उनको सिङ्गो परिवारले प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वर्गीय कुँवरप्रति नेपाली काङ्ग्रेस कृतज्ञ रहेको बताएका थिए ।

“प्रजातन्त्र स्थापनामा स्वोर्गीय कुँवरसँगै उनको परिवारले नेपाली काङ्ग्रेसलाई महत्वपूर्ण याेगदान गरेको छ ।” प्रमुख अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठले भने, “कुँवरकाे परिवारको प्रशंसा जति गरेपनि कम हुन्छ ।”

कार्यक्रममा बिशेष अतिथि नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले स्वर्गीय कुँवरकाे सिङ्गो परिवार समाजसेवामा निकै अग्रसर रहेको बताएका थिए । “समाजसेवामा कुँवरकाे परिवार पारिवारिक स्वार्थ भन्दा माथि उठेर लागेको छ ।” नेपाली काङ्ग्रेस जिल्ला सभापति पन्थीले भने, “स्वर्गीय कुँवरकाे सपना पूरा गर्नकाे लागि छाेरा बुहारी राजनिती मार्फत अग्रसर हुनुले नेपाली काङ्ग्रेस गुल्मी तपाईंहरु माझ कृतज्ञ छ ।”

कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य बिष्णु कुमारी सापकोटाले पनि कुँवरकाे परिवारको प्रशंसा गरेकी थिइन् । शाेक सभा कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका उपसभापति अनन्तराम पाैडेल र शिव बहादुर केसी, सचिव भगतसिंह खड्का र जगदीश भट्टराई, सह-सचिव छवि पाण्डे र धर्मराज पाण्डेलगायत जिल्ला सदस्यहरुकाे उपस्थित रहेको थियो । त्यस्तै जिल्ला सदस्यहरूसहित नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति चन्द्र बहादुर महत्, क्षेत्र नम्बर २ काे प्रदेश सभा ‘क’ का सभापति झबिन्द्र अर्याल, इस्मा गाउँपालिका सभापति कृष्ण रिजाल लगायतकाे उपस्थिति रहेको थियो । नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका वडा नम्बर ६ का वडा सभापति ढाल बहादुर कुँवरकाे सभापतित्वमा संचालित कार्यक्रमकाे संचालन नेपाल तरुण दल गुल्मीकाे क्षेत्र नम्बर २ का उपसभापति अर्जुन भण्डारीले गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D