gulminews logo
मंगलवार, २०७९ असार १४

इस्मा कृषि तथा पशु बिकास महिला सहकारीको भवन शिलान्यास

गुल्मी, १५ पुस । इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको भवन शिलन्यास तथा चौथो साधारण सम्पन्न भएको छ । साधरण सभाको उद्घाटन तथा भवनको शिलन्यास नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै बिष्टले महिलाहरुको एकता र परिवर्तनले आफुलाई निकै खुसी लागेको बताए । ‘ठुलो संख्यामा महिलाहरु एकिकृत भएका छन् ।

त्यो संगै आर्थिक तथा सामाजिक स्थितीमा समेत उल्लेख्यनीय प्रगती भएको देखेँ,’उनले भने,‘वास्तविक समाजवाद त्यहि हो ।’ इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्था ०७५ सालमा स्थापना भएको हो । गाउँपालिका भित्रका आमा दिदिबहिनीहरुलाई एकिकृत गरेर जिविकोपार्जनसँग जोड्न सहकारी स्थापना गरिएको संस्थाकी अध्यक्ष बिमला थापाले जानकारी दिइन् ।

यस सहकारीमा हाल आएर ४७ वटा समूहका एक हजार २४ जना शेयर सदस्यहरु आवद्ध हुनुभएको यस सहकारीमाछन् । सहकारीले शेयर सदस्यको सुविधाको लागि खसी बोका खरिद विक्री, खनिज ढिक्का खरिद विक्री, रासायनीक मल र पशु दाना खरिद विक्री, घाँसको विउ तथा विरुवा खरीद बिक्रीको काम गर्दै आएको थापाले बताइन् ।

सहकारीले नियमित वचतसंगै, ऐच्छिक वचत, बाल वचत, आवधिक वचत, स्वस्थ्य वचत गरेर ५ प्रकारका वचत गर्दै आएको संस्थाको व्यावस्थापक तुलसा भण्डारीले बताइन् । सहकारीले विशेष गरेर उत्पादन र व्यवसाय गर्नका लागि ऋण लगानी गर्ने गरेको छ ।
सहकारीले सदस्यहरुको आर्थिक, सामाजिक विकासका लागि उद्यमशिलता मार्फत रोजगार तथा स्वरोजगारका अवसरहरु सृजना गर्न विभिन्न योजनाहरु बनाइरहेको छ । स्थानीय कृषक तथा उत्पादकले आफ्नो उत्पादनको विक्रीका लागि वजार नपाउने र उपभोक्ताले उपभोगका लागि गणस्तरीय वस्तु सेवा नपाउने स्थिती रहेको छ ।

सहकारीले विचौलीयाको अन्त्य गरेर उत्पादकले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्ने स्थिती निर्माण गर्ने, उत्पादनको संकलन, भण्डारण, प्रसोधन तथा वजारिकरण गरि उत्पादित वस्तुलाइ गुणस्तरीय रुपमा उपभोक्तासम्म सहज ढङ्गले पुराउन आवश्यक संरचनाको निर्माणको पहल सुरु गरेको व्यावस्थापक भण्डारीले जानकारी दिइन् ।

सहकारीले तीन बर्षदेखि इस्मा गाउँपालिकाले सञ्चालन गरेको उत्पादनमा आधारित अनुदान वितरण गरिरहेको छ । वर्षमा सय किलोग्राम भन्दा बढि सहकारी मार्फत जिउँदो खसी बोका बिक्री गर्ने किसानलाई प्रोत्साहन स्वरुप ०७५÷०७६ मा ८० हजार १६, ०७६÷०७७ मा सात लाख २२ हजार तीन सय ६४ र ०७७÷०७८ मा सात लाख ४८ हजार सात सय ५० वितरण भएको एसएलभिसी परियोजना दोस्रो चरणका कार्यक्रम संयोजक भरत भण्डारीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी गोकर्ण बिष्टले सहकारीलाई निशुल्क जग्गा प्रदान गर्ने भुवनसिंह थापा, हरि कार्की गोमा अधिकारी र रुमाकान्त अर्यालललाई सम्मान गरेका थिए । त्यस्तै उत्कृष्ट उद्यमी, जेष्ठ सहकारी सदस्य र छात्रबृति प्राप्त गर्ने बिद्यार्थीलाई सम्मान गरिएको छ ।

यो पनि पढ्नुस्

राष्ट्रिय भुमी आयोग गुल्मीद्धारा मुसिकोटका सरोकारवालासँग अन्तरक्रिया

सागर भण्डारीमुसिकोट, असार १३ । राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीले मुसिकोट नगरपालिका स्थित सरोकारवालाहरुसगं

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D