gulminews logo
बुधबार, २०७९ असार १५

इस्माको नीति तथा कार्यक्रम, डिजिटल इस्मा, एकल पुरुषलाई भत्ता, चक्रपथ कालोपत्रेदेखि गुरुकुल शिक्षासम्म

टोपलाल अर्याल
गुल्मी, ९ गते । इस्मा गाउँपालिका गुल्मीले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम गाउँ सभामा पेश गरेको छ ।  गाउँपालिका प्रमुख भगतसिंह खड्काले १९ पृष्ट लामो नीति तथा कार्यक्रम सभामा पेश गरेका थिए । छल्दी जलाधार क्षेत्रमा तटबन्धन गरेर जलाशय निर्माण गर्ने, हिमालय माविमा कृषि बाली बिज्ञान पढेर उत्कृष्ट हुने एक जनालाई कृषि प्राविधिकको रुपमा करार नियुक्ती गर्ने, कृषी एम्बुलेन्सको व्यावस्था, इस्माका महिला उद्यममा पहिला भन्ने अभियान अन्तरगत टपरी उद्योग स्थापना गरिने छ ।

एक वडा एक उद्योग स्थापना, सहकारीको माध्यमबाट रेडियो संचालनको संभाव्यता अध्ययन गरिने, यो शैक्षिक सत्रलाई सिकाई सुधार बर्षको रुपमा अगाडी बढाउने, कलेजमा उच्च शिक्षा अध्ययन गर्ने गरिव तथा जेहेन्दार कुमाल जातिका बिद्यार्थीलाई छात्रवृति दिने, सवै बिद्यालयमा असलसंस्कार शिक्षा सुरु गरिने, गुरुकुल शिक्षाको व्यावस्था, स्वास्थ्यकर्मीसंग जनता कार्यक्रम संचालन, दलित तथा कुमाल जातीका बुहारीलाई उच्च शिक्षा अध्ययन गराउने परिवारलाई सम्मान, ५५ बर्ष माथिका एकल पुरुषलाई भत्ता, जाँड रक्सी नखाने दलित र जनजाति परिवारका छोराछोरीलाई निशुल्क शैक्षिक सामग्री लगायतका नीति तथा कार्यक्रम प्रस्तुत भएका छन् ।

गाउँपालिका चक्रपथ कालोपत्रे, सार्वजनिक सम्पति संरक्षण, एक वडा एक प्राविधिक, एकिकृत कृषि बगैचा, सहुलियत कर्जा र अनुदान, हरेक घरमा आर्युवेदिक जडीबुटी, एक घर एक गोठ दश फलफुल, बिउ बैंक लगायतका कार्यक्रमहरु रहेका छन् । गाउँपालिकालाई प्रविधीमैत्री र डिजिटल बनाउनको लागि गाउँपालिकाको आइएलजी प्रोफाइल, सुरक्षित डाटा भण्डारणको लागि डाटा व्याकप सर्भर, मुख्य प्रवेशद्धार तथा स्थानमा सिसिटीभि क्यामेरा, डिजिटल घरधुरी नम्बर, सूचना प्रविधी ज्ञान पार्क स्थापना, सूचना पार्टीको माध्यमबाट समय, मौषम, महत्वपूर्ण सूचना जानकारी, बिपद् सम्बन्धी पुर्व जानकारी सूचना प्रणाली, सेनिटरी र वाटर प्याड एटिएम, आर्टिफेसियल इन्टेलिजेन्ससहितको सूचना संप्रेषण प्रणाली, इपेमेन्ट, अनलाइन हार्टबजार, अनलाइन शिक्षा, टेलिमेडिसिन इ–टुरिजम, इ–टा«वल लगायतका कार्यक्रम रहेका छन् ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

राष्ट्रिय भुमी आयोग गुल्मीद्धारा मुसिकोटका सरोकारवालासँग अन्तरक्रिया

सागर भण्डारीमुसिकोट, असार १३ । राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीले मुसिकोट नगरपालिका स्थित सरोकारवालाहरुसगं

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D