जिल्ला समाचार

इस्माका सवै माविमा बाल दुर्ब्यवहार न्यूनिकरण सम्बन्धी सचेतना

टोपलाल अर्याल
गुल्मी, १३ असार । इस्मा गाउँपालिकाको आयोजनामा बाल दुर्ब्यवहार न्यूूनिकरण सम्बन्धि स्कुल सचेतना सम्पन्न भएको छ । पछिल्लो समय शहर र गाउँ समुुदायमा समेत लागुु औषध, यौन दुर्ब्यवहार साइवर अपराधका घटना बढि रहेका छन् ।

बिद्यार्थीहरुहरु मार्फत परिवा र समुदाय सचेत बनाउने उदेश्यले यो कार्यक्रम संचालन गरिएको गाउँपालिकाको महिला शाखा प्रमुख गंगा पन्थीले बताइन् । पहिलो चरणमा इस्मा गाउँपालिका सात वटा माविहरुमा यो कार्यक्रम संचालन गरिएको छ । त्यस्तै नेपालमा नेपालमा बाल अधिकारकारका लागि बिद्यमान कानुनी व्यावस्थाको बारेमा जानकारी प्रदान गरिएको थियो ।

बालमैत्री स्तानीय शासन निर्माण गर्नको लागि आफुुहरु योजनाबद्ध रुपमा लागेकाले अहिले गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गरिएको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । उनले अहिले बिद्यालय स्तरमा सचेतनामूूलक कार्यक्रम संचालन गरिएकाले त्यसपछि बिद्यार्थी, शिक्षक अभिभावक र सरोकारवालाको बिचमा अन्तरक्रिया गरिने जानकारी दिइन् । इस्मा गाउँपालिका लागुु औषध, मानव बेचबिखन तथा अन्य अपराधको जोखिममा भएकाले यो कार्यक्रम अत्यन्तै सान्धर्भिक भएको बताइन् ।

बिद्यालय सचेतना कार्यक्रममा नेपालमा बिद्यमान बाल अधिकार कानुुनी बिषयमा अधिवक्ता बिनोद पाण्डेय र मानव अधिकार अधिकृत गणेश श्रेष्ट तथा लागुु औषध, यौन दुवर््यवहार, साइवर अपराध र सुरक्षाका बिषयमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र बहादुुर खड्का र प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर कुुवंरले जानकारी दिएका थिए । इस्मा गाउँपालिका वडा नं १ को हिमालय मावि, वडा नं २ का पालुखा मावि, देविस्थान मावि, वडा नं ३ को ठाढुुङ्गा मावि, वडा नं ४ को रामराज्य मावि, वडा नं ५ को आनन्दपुर मावि र वडा नं ६ को अम्मरपुर ओमप्रसाद गौतम माविका बिद्यार्थीहरुलाई सचेतना प्रदान गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले चेतना विनाको विकास समुदायमा सफल नहुने भएकाले आफुहरु विभिन्न तहमा सचेतना अभिवृद्धि गर्न लागि रहको बताए । उनले इस्मा केहि समय पहिले मदिराको कारण इस्मा गाउँपालिकाको नागरिक भन्न लाज लाग्ने स्थितीको स्मरण गर्दै गाउँपालिकाले थालेको मदिरा नियन्त्रणले अहिले धेरै अवस्थामा सुधार आएको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D