घटना-दुर्घटनाजिल्ला समाचारमुख्य हेडलाईन

गुल्मीमा जीप दुर्घटनामा ५ जनाको मृत्यु ३ घाइते

अनिल खत्री
१२ मंसिर, गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । जीपमा सवार २ जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटना इस्मा गाउँपालिका–४ हुलका ६५ बर्षीय डम्बर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षका बसन्त दर्लामी, ३३ बर्षको धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० बर्षका सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ बर्षका फर्सुराम थापा, २८ बर्षको सरस्वति दर्लामी र सहचाक २५ बर्षको कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुसल रहेका प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ । शुक्रवार बिहाना इस्माबाट तम्घास आउदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालक सहित ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधीहरुले उद्धारमा जुटेको इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताउनु भयो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D