gulminews logo
सोमबार, २०७९ श्रावण २३

आशिष बस्नेत जो बने गुल्मीमै ४ जीपीए ल्याएर एसईई पास गर्ने एक मात्र बिद्यार्थी

अनिल खत्री
१२ साउन, गुल्मी । माध्यमिक शिक्षा परीक्षा एसईईमा गुल्मी जिल्लाबाट एक जना बिद्यार्थीले मात्र ४ जीपीए ल्याएर पास भएका छन् । शिक्षा विकास तथा समन्यव इकाइ गुल्मीका अनुसार जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा माध्यमिक विद्यालयका एक जना बिद्यार्थीले ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् ।

यसवर्षको एसईई नतिजामा रेसुङ्गा माध्यमिक विद्यालय तम्घासका आशिष बस्नेतले ४ जीपीए ल्याएर जिल्लामै उत्कृष्ट भएका हुन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–६ अमरपुर निवासी बस्नेतले रेसुङ्गा माध्यमिक विद्यालयमा कक्षा चारदेखि अध्ययन गर्दै आएको विद्यालयले जनाएको छ । विद्यालय सामुदायिक तथा संस्थागत विद्यालयतर्फ ४ जीपीए ल्याएर पास गर्नेमा जिल्लामै प्रथम भएको हो । त्यस विद्यालयबाट ८२ जना विद्यार्थीले एसईई परीक्षामा सहभागि भएका थिए ।

यस अघि ०७५ सालमा सम्पन्न एसईई परीक्षामा राष्ट्रियस्तरमा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । जसका कारण रेसुङ्गा मावि प्रदेशमा प्रथम र देशकै सर्वोत्कृष्ट दोश्रो स्थानमा पर्न सफल भएको थियो । गत २ वर्ष भने कोरोना महामारीका कारणले विद्यालयले नै आन्तरिक मुल्याङकन गरेका थिए । शैक्षिक गुणस्तरका लागि विद्यालयका सबैको खटाईको कारण परिणाम हात प्राप्त भएको विद्यालय प्रधानाध्यापक प्रेमनारायण भण्डारीले बताए ।

हाल यस बिद्यालयले प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङतर्फ कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ । यसै शैक्षिकसत्र देखि विद्यालयमा कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकयमा कक्षा सन्चालन गर्न लागेको भण्डारीले बताए । गुल्मी जिल्लाका १४० वटा विद्यालयका ४ हजार ४२५ जना विद्यार्थी परीक्षामा सहभागि भएको शिक्षा विकास तथा समन्यव इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए ।

यो पनि पढ्नुस्

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै, बजेटमा जस लिनेको होटबाजी, कार्यान्वयमा वेवास्ता

हुमाकान्त पोखरेलगुल्मी, १५ साउन । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D