जिल्ला समाचार

आशा अपाङ्ग केन्द्रद्वारा सन्चालित बुटिक तालिम सम्पन्न, प्राप्त सीपलाई सदुपयोग गर्न आग्रह

गुल्मी, जेठ १० । आशा अपाङ्ग केन्द्र रेसुङ्गा नगरपालिका–२ धाँगीथुम गुल्मीको आयोजनामा सञ्चालित एक हप्ते हस्त निर्मित बुटिक तालिमको समापन गरिएको छ । सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रदेश नं ५ बुटवलको सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।

तालिमको बिहीवार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले एक औपचारीक कार्यक्रमका बिच समापन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भुसालले सपाङ्ग व्यक्ति पनि कुनै पनि बखत अपाङ्ग बन्न सक्ने भएकाले अपाङ्गगता भएका व्यक्तिलाई अवहेलित गर्न नहुने बताउनुभएको थियो ।

नगरप्रमुख भुसालले अहिले पनि नगरपालिकाको सहयोगमा विपन्न र अपाङ्गता भएकी रेसुंगा नगरपालिका–७ स्थित देउरुपा पन्थीको अपाङ्गमैत्रि आवाश निर्माण भईरहेको बताउनुभयो । उहाँले नगरभित्र रहेका आवाश बिहिन अपाङ्गगता भएकाहरुको खोजी गर्दै नगरपालिकाको अधिकार क्षेत्रभित्र रहेका सेवा सुविधा र अधिकार प्राप्तिका लागि आफुले सधै सहयोग गर्ने बताउनुभयो ।

आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उत्तार्न आग्रह गर्नुभयो । उहाँले तालिमबाट प्राप्त सीपलाई सदुपयोग गर्न अनुरोध गर्नुभयो । रायमाझीले केन्द्रकै पहलमा गाउँ–गाउँमा पनि अपाङ्गता भएकाहरुको लागि अपाङ्गमैत्रि आवाश निर्माणको कार्य थालिएको बताउनुभयो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नं–१ का वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय,वडा नं–२ का वडाअध्यक्ष उदय बहादुर थापा विभिन्न संघंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । १० जना प्रशिक्षार्थी रहेको तालिममा सरस्वती पुनले प्रशिक्षण दिनुभएको थियो ।

आशा अपाङ्ग केन्द्रका अध्यक्ष जर्नादन घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन तारा भुसालले गर्नुभएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D