मनोज कार्की
गुल्मी, जेठ २० । आशा अपाङग केन्द्र गुल्मीले ५ जनालाई कृत्रिम हात खुट्टा बितरण गरेको छ । प्रदेश नं ५ समाज कल्याण मन्त्रालयको सहयोगमा केन्द्रले अपांगता भएका ब्याक्तिहरुलाई नि:शुल्क कृत्रिम हात खुट्टा बितरण गरेको हो ।
सोमबार सम्पन्न कृत्रिम हात खुट्टा बितरण कार्यक्रमबाट २ जनाले कृत्रिम हात र ३ जनाले कृत्रिम खुट्टा पाएका छन् । नि:शुल्क हात खुट्टा पाउनेहरुमा मुसिकोट नगरपालिकाकी ईश्वरी रिजाल, चन्द्रकोट गाउँपालिकाका होमनाथ गैरे, अर्घाखाँचीकी मानकुमारी सुनार, गुल्मी दरबार गाउँपालिकी गंगा पन्थी र राम बहादुर बिक रहेका छन् ।
बाँकी २ जनालाई भोली मंगलबार बितरण गरिने केन्द्रकी उपाध्यक्ष गंगा रामायझीले बताईन् ।
घुँडा भन्दा तलको खुट्टा ३५ हजार घुँडा भन्दा माथि ७५ हजार र हातको २५ हजार रुपैँया निर्माण लागत पर्ने केन्द्रका अर्थोपेडिसियन रोशन थापाले बताए ।