gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

आर्थिक अभावमा उपचार नपाएपछि “मृत्यु” कुर्दै

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

सागर भण्डारी
गुल्मी, चैत्र ३ । मुसिकोट नगरपालिका २ धुसेनीका मित्र बहादुर रायमाझीले आर्थिक अभावमा उपचार गर्न नसकेपछि सबैसगं सहयोगका लागि अपिल गर्नुभएको छ । उहाँका छोराछोरी छैनन्, एकमात्र सहारा भनेको श्रीमती हो । श्रीमती पनि विरामी भएर थलिएको २ महिना भैसक्यो । मित्र आफै पनि विरामी भएर अहिले विस्तारामै थलिनुभएको छ । १२ वर्ष पहिले विहे गर्नुभएका उहाँका सन्तान भएनन् ।

आफन्त र दाजुभाई पनि आर्थिक रुपमा कमजोर भएपछि यतिबेला उहाँ उपचार अभावमा घरमै रुँदै बस्दै गर्नुभएको छ । श्रीमती बिरामी भएपछि स्थानीयले चन्दा सकंलन गरेर जिल्ला अस्पताल तम्घासमा उपचार गर्न लगेका थिए । तर जिल्ला अस्पतालले पाल्पा लैजान भनेपनि पैसा नभएपछि घरमै ल्याएर श्रीमतीलाई राख्नुपरेको उहाँले बताउनुभयो । “सुरुमा त गाउँलेले चन्दा उठाएर केही पैसा सकंलन गरी तम्घास लगेका थिए”, रायमाझिले भन्नुभयो, “जिल्ला अस्पतालले प्यारालाईसिस भएको हो भन्यो, पाल्पा लैजान भनेको थियो ।” 2चन्दा सकंलन गरेको पैसा पनि तम्घासमै सकियो बिहान बेलुका हातमुख जोर्न त धौ छ मैले कसरी पाल्पा लगेर जानु?”, रायमाझिले भक्कानिँदै भन्नुभयो ।

रायमाझीकी श्रीमती शारिरिक रुपमा पनि अशक्त हुनुहुन्छ । उहाँ बोल्न सक्नुहुन्न । यसो भयो उसो भयो, दुख्यो केही भन्न पनि नसक्ने र खाना खर्च नभएपछि विरामीले भेट्न आउँदा ल्याईदिने विस्कुटले गुजारा चलाईरहेको उहाँले बताउनुभयो । “मेरो त सहारा पनि कोही छैन, गरिबलाई भगवानले पनि हेला गर्ने रहेछन्”, मित्रले रुँदै भन्नुभयो । “छोराछोरी भएको भए त बुबा आमा विरामी छन् भनेर ऋणधन गरेर भएपनि अस्पताल लैजाने थिए होला के गरुँ म अभागी सबैतिरबाट पीडित भएँ”, उहाँले भन्नुभयो । आर्थिक अवस्था कमजोर भएपछि उहाँले सहयोगका लागि सबैसँग अपिल गर्नुभएको छ । मेरी श्रीमती र मेरो ज्यान बँचाईदिनुस् म बाँच्न चाहान्छु आँखा भरी आँसु लिँदै उहाँले सबैसगं आग्रह गर्नुभयो । जगंलको बीचमा सानो झुपडीमा बस्नुभएका मित्र बहादुर श्रीमतीसँगै विरामी भएपछि विस्तारामै थलिनुभएको हो ।

खानाखर्च समते नभएर विस्कुटको भरमा दिन गुजार्नुपरेको उहाँले बताउनुभयो । छोराछोरी कोही नभएपछि विरामी भाई बुहारीको स्याहार अहिले उहाँका दाईले गर्दै आउनुभएको छ । दाईका पनि छोराछोरी नभएको र आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचार गर्न लान नसकिएको बताउनुभयो । विरामी भएको थाहापाएपछि स्थानीयले चन्दा सकंलन गरेर तम्घास लगेको र अहिले कहीकतैबाट उपाय नलागेपछि फर्काएर घरमै राख्नुपरेको स्थानीय केशव रायमाझीले बताउनुभयो । उहाँलाई सहयोग गर्न चाहेमा ९८४९१७७५०५ अथवा ९८४७१८५५५३ मा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D