जिल्ला समाचार

आफ्नै घरमा धुर्कोट गाउँपालिका, मुख्यमन्त्री पोखरेलद्धारा उद्धाटन

हुमाकान्त पोखरेल
गुल्मी, ११ भदौ । धुर्काेट गाँउपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भवनको ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । भवन उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विकास र समृद्धि आफुहरूको एजेण्डा भएको बताए । उनले देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै कानुन प्रदेश पाँचले बनाएको, विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएको लगायतका काम गरेको जानकारी गराए । मुख्यमन्त्री पोखरेलले संघियता आइसकेपछि देशमा आमुल परिवर्तन भएकोले देश विकासको बाटोमा अगाडि बढेको

बताए । त्यसका साथै उनले कृषि र उद्योगमार्फत रोजगारि सिर्जना गर्ने, तीन बर्षभित्र आधारभुत खानेपानी पुर्याउने, विद्युत नपुगेको ठाउँमा ९० प्रतिशत अनुदानमा सोलार पुर्याउने लगायतका योजना रहेको बताए । त्यसका साथै उनले तम्घास सालझण्डी तम्घास सडक तथा स्थानीय तहको केन्द्रदेखि वडाकार्यालयसम्म पुग्ने मोटर बाटो पिच गर्ने जिम्मा प्रदेश सरकारले लिएको बताए । आगामी बर्ष जेठ मसान्तसम्म सबै आयोजना सम्पन्न गर्ने, आर्थिक बृद्धिदर र प्रतिव्यक्ति आय उच्च गराउने, कृषि र उध्धोगमार्फत प्रदेशलाई समृद्ध बनाउने लगायतका योजना रहेको पनि जानकारी गराए ।

धुर्काेट गाँउपालिकाको भवन १ करोड ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । आव २०७४/७५ मा सुरू भएको भवन निर्माण कार्य आव २०७५/७६ मा सम्पन्न भएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । भवन बनाउका लागि स्थानीयले निःशुल्क ८ रोपनी जग्गा समेत प्रदान गरेका छन् । स्थानीय कृष्ण प्रसाद घिमिरे, हरी प्रसाद घिमिरे, राम प्रसाद घिमिरे र गणेश घिमिरेले प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत काँशिराम पन्थीले जानकारी दिए । उद्घाटन कार्यक्रमकै अवसरमा जग्गादातालाई पनि सम्मान गरिएको छ । धुर्कोट गाउँपालिका आफ्नै भवनबाट कामकाज संचालन गर्ने गुल्मीको पहिलो स्थानीय तह हो ।

गाउँपालिकाले हालसम्म ७० प्रतिशत घरमा खरका छाना विस्तापित गरि जस्तापाता लगाएको र जसअन्र्तगत वडा नं. १ नयाँगाउँ, वडा नं. २ पिपलधारा र वडा नं. ४ जैसिथोकलाई खरका छाना मुक्त वडा बनाईएको छ । गाउँपालिकाभित्र १ एक हजार २४९ घरका छ हजार २७२ जनसंख्यामाझ एक घर एक धारा पु¥र्याइएको छ । त्यस्तै उत्पादनमा आधारित अनुदान, मासुमा आत्मनिर्भर, वडा नम्बर ३ हाडहाडेमा सामुदायिक होमस्टे संचालन लगायतका कार्य गाउँपालिकाले गरेको उपाध्यक्ष शिव बहादुर खत्रीले जानकारी दिए ।

शैक्षिक गोष्ठिमार्फत जारी गरिएको २२ बुँदे प्रतिवद्धता पत्रको कार्यान्वयन अगाडी बढाइएको, प्रत्येक विद्यालयमा सुधार योजनाको निर्माण गरि कार्यन्वयनमा ल्याइयको, धुर्कोट कोटमा संग्राहलय निर्माण कार्य संचालनमा रहेको, वडा नं. ५ वस्तुको किरातेश्वर मन्दिरमा संस्कृत पाठशाला संचालनमा ल्याइएको लगायतका काम गरेको पनि उपप्रमुख खत्रीले जानकारी गराए । त्यस्तै ७२ वटा टोलमा टोल संरक्षण महिला मञ्च गठन गरि महिलाहरुलाई विकास निर्माण र सामाजिक जागरणमा सक्रिय बनाइएको, विपद उद्धार कोषको व्यवस्था गरिएको, ५ वर्षे आवधिक योजना निर्माण, बर्वोटको आसपास क्षेत्र समेट्ने गरि १ कि.मि.सडक कालोपत्रे गर्न ग्रावेलको काम भएको लगायतका कामहरु गरेको उपप्रमुख खत्रीले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D