जिल्ला समाचार

आपचौर कफिको नमुना ठाउँ बनाउछौ : गोकर्ण बिष्ट

टोपलाल अर्याल
गुल्मी, १५ पुस। नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं. २ का नवनिर्वाचि संसद गोकर्ण बिष्टले नेपालमै पहिलो कफि खेती शुरु भएको आपचौरलाइ देशकै नमुना ठाउँ बनाउन सकिने बताए । मुसिकोट नगरपालिका ५ को आपचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिष्टले स्थानीय जनताको उत्साहका आधारमा गुल्मीको पहिचान नै बोकेको यो क्षेत्रको बिकासका लागि दीर्घकालीन योजनाका साथ अगाडि बढने बताए ।

“यहाँका युवाहरु वैदेशिक रोजगारीमा अधिकाश छ्न, तर नेपालमा कफिमा गुल्मीको पहिचान बोकेको गाउँ अलपत्र छ,” उनले भने, “स्थानीय जनताको इच्छा र चाहाना भए कफिमै नमुना काम गर्न सकिन्छ ।” नजिकमा रिडि रुद्रबेनी वामी टक्सार सडक भएकाले कफि तथा यो गाउको अन्य बिकासका योजनासङ सङै अगाडि बढने बताए । समसामयिक राजनैतिक प्रसङ्गमा बाम एकता प्रती कुनै भ्रम नपाल्न आग्रह गरे । जनताको बहुमतले बाम एकता र बिकास मागेकाले अब त्यो जिम्मेवारी बाट कोहि भाग्न नसक्ने स्थिती रहेको बताए ।

‘बाम एकतासंग बहुसंख्यक जनताको नेपालीको भावना र भबिस्य जोडिएको छ, ’उनले भने, ‘धेरै काम अगाडी बढेकाले कसैले शंका नगरौ ।’ बिष्टले दुईपार्टी बिच बैचारीक एकतामा समस्या नभएपनि संगठनको नयाँ संरचना सहितको एकिकरण हुने भएकाले केहि समय भने लाग्ने बताए । उनले बाम एकताबारे बाहिर फिजाइएका हल्लाहरुमा कुनै सत्यता नभएको स्पष्ट पारे । ‘हल्लाको कुरा छैन, एकता कुनैपनि हालतमा रोकिदैन्,’ बिष्टले भने, ‘त्यसको निम्ती ओली र प्रचण्डबिच दिनहुँ छलफल भइरहेको छ ।‘

अर्को प्रसंगमा पूर्व उर्जा मन्त्री समेत रहेका बिष्टले पाँच नम्बर प्रदेशको राजधानी गौतमबुद्धको जन्मस्थललाई सम्मान गर्दै लुम्बिनीमा हुनुपर्नेमा जोड दिए । राजधानी तोक्ने जिम्मा प्रदेश सभाको जिम्मा रहेकाले राजधानीको बारे प्रदेश सभाले नै फैसला गर्ने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D