जिल्ला समाचार

आधा जीवन भारतमा, ६१ बर्षकाे उमेरमा गाउँमा राेजगार

सन्तोष महतारा
गुल्मी, असार २ । अन्य कर्मचारी जस्तै १० बजे नै जागिर गर्ने स्थल पुग्छन् उनी । दिउँसोभरी काममा नै ब्यस्त रहन्छन् । साँझ पाँच बजेपछि घर फर्किन्छन् । याे मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका कमलसिंह भण्डारीकाे पछिल्लो दैनिकी हाे ।

भण्डारी अहिले ६१ बर्ष पुगे । कपाल आधा भन्दा बढी फुलिसकेकाे छ । घरमा उनी र उनकी श्रीमती मात्रै छन् । छाेराछाेरी छैनन् । बुढेसकालमा बसेर खाने उमेरमा उनी काम गर्न जान्छन् । मालिका गाउँपालिका अन्तर्गतको वडा नम्बर ५ छापहिलेले उनलाई जागिर दिएकाे उनी बताउँछन् । उनी गाउँमै जागिर पाउँदा खुसी भएको बताए । उनले भने “बुढेसकालमा गाउँमै जागिर मिल्याे ।”

उनले सडक मर्मत, नाली सरसफाई गर्ने काम गर्छन् । उनको समुहमा १० जना छन् । सबै अधबैंसे छन् । उनी मात्रै बृद्ध छन् । भारतमा राेजगारी गर्दे आएका उनी गाउँमै खेती किसान गर्ने भन्दै स्वदेश फर्किए । दिउँसाे भरि हलाे जाेत्न जान्थे । अहिले गाउँपालिकाले रोजगार दिन थालेपछी भने गाउँपालिकाको काममा लागेका छन् । उनले एक महिनाको एकमुष्ट तलब पाउने भएपछी खुशी लागेको बताए ।

भण्डारीले गाउँमै राेजगार पाउँदा खुसी भएपनि ६१ बर्षकाे उमेरमा काम गर्न पर्दा दु:ख ब्यक्त गरे । “मेराे उमेर त बृद्धाभत्ता खाने हो तर पनि कानुनी बिभेदले त्यो सुबिधा उपलब्ध भएन, काम गरेरै खान पर्‍यो”, उनले भने ।

आधा उमेर भारतमा
राेजगारीकै लागि आधा भन्दा बढी उमेर भारतमा बिताए भण्डारी १४ बर्षकाे उमेरमा भारत छिरेका थिए । बिचमा आउने जाने गरेपनि ३५ बर्ष भारत बसेर स्वदेश फर्किएका उनलाई भारतका विभिन्न ठाउँमा काम गरेता पनि बुढेसकाललाई कुनै सहारा मिलेन । सक्दा सम्म काम गरेरै हातमुख जाेर्ने बताएका उनले भने “सकुन्जेल काम गरेर रै खान्छु, पसिना बगाएरै ज्यान पाल्छु “
बिरामी नभए त दु:ख गर्न के पाे हुन्छ र ? उनले भने, “दुख भएपनि दुख्ने नहाेस् ।”
उनकाे जागिर अबधि दुई महिना रहने छ । दैनिक पाँच सयका दरले तलब पाउने छन् ।

भुल सुधार: यसअघी सम्पादित समाचारमा मालिका गाउँपालिकले रोजगारी दिएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker