मुख्य हेडलाईन

आज राष्ट्रपती गुल्मीमा: गुल्मी, पाल्पा र स्याङ्जाको सुरक्षा बिहिबारै देखि कडा पारीयो

प्रेम सुनार
गुल्मी, फाल्गुन ४ । गुल्मीको रिडी र भुवाचिदीका गरी दुई विद्यालयका बेग्ला बेग्लै कार्यक्रममा राष्ट्रपती विद्यादेवि भण्डारी आउने भए पछि सुरक्षा व्यवस्था कडा पारिएको छ । रिडीको संस्कृत तथा साधरण माध्यमिक विद्यालयको सतवार्षिकी समारोह र भुवाचिदीको त्रिभुवन माध्यामिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्वोधन गर्न राष्ट्रपती भण्डारी गुल्मी आउन लाग्नुभएको हो ।

सुरक्षा व्यवस्थाका सम्वन्धमा हामीले गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसंग जिज्ञाषा राख्दा उनले सुरक्षा व्यवस्था बिहीवारैदेखि कडा पारिएको जानकारी दिए । हामी आज रिडीमा पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुराज ढकाल सहित संयुक्त बैठक बस्यौं प्रमुख जिल्ला अधिकारी अर्यालले भने पाल्पा, गुल्मी र स्याङ्जामा समेत सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतम, प्रदेश सांसद कमलराज श्रेष्ठ, उता मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, प्रदेश सांसद खड्ग केसीले राष्ट्रपति गुल्मी आउनुलाई गौरवको रुपको रुपमा लिएर स्वागतका लागि आफुहरु व्याग्र प्रतिक्षामा रहेको बताए । नगर प्रमुख सापकोटाले र ति दुवै विद्यालयले गुल्मीका सवै सञ्चार माध्यममा सुचना प्रवाह गरी सारा जिल्लावासी र छिमेकी जिल्लावासीलाई समेत राष्ट्रपति भण्डारीको स्वागतका लागि निमन्त्रणा गरेका छन् ।

आज विहान राष्ट्रपती भण्डारी कालिगण्डकीमा स्नान गर्ने ऋषिकेश मन्दिर सहित विभिन्न मठ–मन्दिरमा दर्शन र रुरु क्षेत्रको अवलोकन गर्ने र त्यस लगत्तै रिडीको संस्कृति तथा साधरण माध्यामिक विद्यालयको सतवार्षिकी समारोहमा सरिक हुने त्यस लगत्तै त्रिभुवन माध्यमिक विद्यालय कुर्घा भुवाचिदीको स्वर्णमहोत्सवमा सहभागि भई राजधानी फर्किने कार्यक्रम रहेको जनाईएको छ । गणतन्त्र पछि गुल्मीमा राष्ट्र प्रमुखको यो दोश्रो भ्रमण हो भने राष्ट्रपती भण्डारीको यो पहिलो भ्रमण हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D