जिल्ला समाचार

“आजभोली राजाबादी सलबलाएका छन्, त्यसको जवाफ प्रधानमन्त्री ओलीले दिनुपर्छ”: पुर्व सांसद परियार

मनोज कार्की
गुल्मी, मंसिर २९ । नेपाली काँग्रेस केन्द्रिय समिति सदस्य तथा पुर्व सांसद जीवन परियारले आजभोली देशमा राजाको पक्षमा केहि सलबलाई रहेको र तिनीहरु किन सल्बलाएका हुन् त्यसको जवाफ प्रधानमन्त्री केपी ओलीले दिनु पर्ने बताएका छन् । सोमबार नेपाली काँग्रेस आयोजना गरेको बिरोध प्रर्दशन कार्यक्रमका लागि गुल्मी आएका नेपाली काँग्रेस केन्द्रिय समिति सदस्य तथा पुर्व सांसद जीवन परियारले यस्तो बताएका हुन् ।

नेपाली काँग्रेस केन्द्रय सदस्य तथा पुर्व सांसद परियारले तनहुँमा बरिष्ठ नेता पौड्याल माथि प्रशासनले गरेको दुरब्यवाहालाई सम्झदैँ गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री ओलीकोे नेत्रित्वमा नेपाली कागँ्रेसका बरिष्ठ नेता रामचन्द्र पौड्याल माथि यस्तो हर्कत भएको हुन सक्ने पुर्व सांसद परियारले आरोप लगाएका छन् । नेपाली काँग्रेस सत्ता भन्दा बाहिर भएकाले दुईतिहाईको सरकारले जनताप्रति आफ्नो दम्भ देखाएको हुन सक्ने बताएका छन् ।

वर्तमान कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड–१९ नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्य वृद्धि, महिला हिंसा, कुशासन, अधिनायकवादी शैली र तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारको विरुद्धमा गुल्मीमा पनि बिरोध प्रर्दशन कार्यक्रम गरिएको नेपाली काँग्रेसले जनाएको छ ।

बिरोध प्रर्दशन कार्यक्रम नेपाली काँग्रेस गुल्मीले गुल्मीका सहिद शम्सेर थापालाई सम्झदै उहाँको मुर्तिमा अबिरमाला ग्रहण गरी अगाडि बढेको थियो ।
जिल्लामा भएको बिरोध पर्दशनमा ओली सरकारको उपहार ः हत्या हिंसा बलात्कार ,तनहुँ घटना सार्वाजानिक गर, सत्ता छोड्लास् नेकपाः हिसाब किताब बाँकि छ लगाएतका नारा लगाएका थिए ।

नेकपाको सरकारमा दम्भै दम्भ भरिएकाले देशमा दैनिक आफ्नै पार्टीका भ्रष्टाचार काण्डहरु बाहिरहेको , जनताको पक्षमा काम गर्न नसेको ,बलात्कारी लुकाइएको , आर्थिक हिनाबिना पारेकै कारण आफुहरु बिरोध प्रर्दशन गर्न बाध्य भएको नेपाली काँग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठले बताए । श्रेष्ठले बोल्दै भने मुुलुकलाई सर्वसत्ताको नाममा दल दलमा फसेको घोर भर्सेना गर्दै जनतालाई सेवा दिन नसक्ने सरकारले हिसाब किताब बुझाई सत्ता छोड्नु पर्ने बताएका छन् ।

बिरोध प्रर्दशन कार्यक्रममा २ नगरपालिका र १० गाउँपालिकाका काँग्रेस प्रतिनिधि तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिती रहेको थियो । नेपाल बिद्यार्थी संघ गुल्मीले आईतबार साँझ नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालय बीपी स्मृति भवन देखि तम्घासबजार बाइक र्याली गरि परिक्रमा गरेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D