जिल्ला समाचार

आउने माघमा मुसिकोट महोत्सब: १५० स्टल रहने महोत्सबका आकर्षण के के हुन् ?

अनिश शर्मा गैरे
गुल्मी, कार्तिक ३० । मुसिकोटको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नारा सहित प्रथम गुल्मी मुसिकोट महोत्सव आयोजना गर्न तयारी थालिएको हो । आउने माघ १५ देखी २६ गतेसम्म मुसिकोट महोत्सव गरिने गरी आयोजक प्रारम्भिक चरणका कार्यहरु सुरु गरेको छ ।

वाणिज्य संघको कार्यालयमा आज समितिका पदाधिकारी तथा पत्रकार बिच भएको बैठकले महोत्सबका बिषयमा प्रारम्भिक तयारीका कामहरु सुरु गर्ने निर्णय गरेको छ ।

बैठकले महोत्सव १२ दिनसम्म सञ्चालन गर्ने, महोत्सव स्थल महेन्द्र आदर्श माद्यामिक विद्यालय पछाडीको जग्गा बनाउने, प्रचार प्रसार भव्य रुपमा गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा सम्पन्न भएको बैठकमा संघका उपाध्यक्ष मोहनलाल श्रेष्ठ, सचिब गोपीकृष्ण खरेल, सदस्य ज्ञानहरी सापकोटा लगायत समितिका पदाधिकारी, रेडियो पुष्पाञ्जलीका स्टेशन उपप्रमुख अनिश शर्मा गैरे, पत्रकार कौरब खत्री र कमल पौडेलेको उपस्थिती रहेको थियो । भने सञ्चालन सचिब महेश्वर घिमिरेले गरेका थिए ।

विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै नगरपालिका भित्र रहेका सम्पुर्ण पर्यटकीय स्थलहरु वामीको शालीमे दह, ताराखसे, बुद्धविहार, कुर्घाको मालिका मन्दिर र स्वाँरा होमस्टे, पौदीअमराइको छत्रभुमी मन्दिर, सीता गुफा, तिखेचुली, मुसिकोटको मुसिकोट दरवार आदि पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लक्ष्य राखीएका वाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्यले बताए ।

त्यसैगरी नगरपालिका भित्र नाँचीने नेवार समुदायको परम्परागत झाँकी, मालारानीका मगरहरुको भैलो, सराँय नाँच, सोरठी आदि संस्कृतिको संरक्षण, झिनिया रोट लगायत विभिन्न जातजातीका खानाका परिकार आदिको प्रचार प्रसार गरी प्रबद्र्धन गर्ने लक्ष्य राख्दै महोत्सव आयोजना गर्न लागीएको संघका सदस्य ज्ञानहरी सापकोटाको भनाइ छ । महोत्सवकै अवसरमा मुसिकोट आइडलको कार्यक्रम राखीने छ ।

महोत्सवमा कफीको जननी आँपचौरमा उत्पादन हुने कफी, अर्लाङ्कोटको सुन्तला, तरकारी, मालारानीको माहुरी लगायत अरू कृषिजन्य सामग्रीहरुको प्रदर्शनी हुने छ ।

महोत्सवमा १५० स्टल राख्ने तयारी गरिएको छ । महोत्सव सञ्चालनको लागि एक मुल समारोह समिति सहित १४ उपसमितिहरु गठन गरिने भएको छ । जसको लागि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरु र कर्मचारी, व्यपारी, समाजसेवी आदिलाइ निमन्त्रण गरी आउने मँसिर ११ गते वृहत भेलाको आयोजना गरिएको छ । वामी स्थित बुद्धलक्ष्मी हाइभिजन हलमा भेला आयोजना गरिएको हो । सम्पुर्णलाइ उक्त भेलामा उपस्थित हुन आग्रह गरिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D